Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईएसविरुद्ध अमेरिकी नेतृत्वको गठबन्धनमा सिरिया पनि सहभागी

- shuvadmin / मङ्गलबार, कार्तिक २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि सिरिया अब इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी हुने भएको छ ।

यससँगै मध्यपूर्वमा अमेरिकाको विदेश नीतिमा ठूलो परिवर्तन आएको ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूले पुष्टि गरेका बीबीसीले जनाएको छ ।

सिरियाका राष्ट्रपति अहमद अल–शरआले व्हाइट हाउस पुगेर अमेरिकी राष्ट्रपति ट्रम्पसँग औपचारिक भेटवार्ता गरेका थिए ।

भेटपछि अल–शरआले फक्स न्युजसँगको अन्तर्वार्तामा भनेका छन्, ‘यो नयाँ युगको शुरूआत हो, सिरिया अब अमेरिकासँग सहकार्य गर्नेछ ।’

सिरिया आईएस समाप्त पार्ने उद्देश्यले बनेको वैश्विक गठबन्धनमा सहभागी हुने ९० औं देश बन्नेछ ।

यो गठबन्धनको लक्ष्य मध्यपूर्वमा रहेका आईएसका बाँकी संरचना ध्वस्त पार्नु र विदेशी लडाकुहरूको आवागमन रोक्नु रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

भेटपछि अमेरिकी प्रशासनले सिरियामाथिको आर्थिक प्रतिबन्ध खुकुलो पार्ने तयारी गरेको छ ।

ट्रम्प प्रशासनले सन् २०१९ देखि लागू हुँदै आएको ‘सिजर एक्ट’ १८० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

साथै, अमेरिकी वित्त, वाणिज्य र राज्य विभागले निवेशका लागि स्पष्टता दिने नयाँ नियम ल्याउने भएका छन् ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामी सिरियालाई सफल राष्ट्रका रूपमा देख्न चाहन्छौं ।’

यससँगै सन् २०१२ देखि टुटेको अमेरिका–सिरिया कूटनीतिक सम्बन्ध पुनः स्थापित हुँदैछ । सिरियालाई वाशिङ्टन डीसीमा दूतावास पुनः खोल्न अनुमति दिइनेछ ।

तर, सिरियाका राष्ट्रपति अल–शरआको विगत विवादरहित छैन । उनी यसअघि अल–कायदा–सम्बद्ध समूहका नेता थिए ।

पछि हयात तहरीर अल–शाम नामक इस्लामवादी समूहको नेतृत्व गरेका थिए ।

अमेरिकी सरकारले चार महिनाअगाडि मात्र उनलाई ‘वैश्विक आतंकवादी सूची’बाट हटाएको थियो ।

उनको टाउकोको मूल्य १० मिलियन डलर इनाम तोकिएको थियो ।

सिरियामा अल–शरआको नेतृत्वसँगै केही जातीय तथा धार्मिक समूहमाथि हिंसा र मानवअधिकार उल्लंघन भएका आरोप पनि छन् ।

उनले सुरक्षा संयन्त्रका दुरुपयोगमा संलग्न अधिकारीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

ट्रम्पले भने अल–शरआप्रति खुला समर्थन जनाउँदै आएका छन् । उनले अल–शरआलाई लडाकु नेता तथा भविष्य बनाउन सक्षम व्यक्ति भनेका छन् ।

ट्रम्प प्रशासनले यसअघि नै प्रतिबन्ध हटाउने कार्यकारी आदेश जारी गरिसकेको छ, जसले सिरियालाई स्थिरता र शान्तिको मार्गमा लैजाने अपेक्षा गरिएको छ ।

Page Views: 25
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama