Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘गोबर गणेश’ को ट्रेलर र गीतमा मिलयन भ्यूज

- shuvadmin / मङ्गलबार, पुष २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को चर्चा यतिबेला चुलिएको छ ।

सार्वजनिक भएको केही समयमै चलचित्रको ट्रेलर र यसमा समावेश गीत ‘ओ हेलो हाई हाई’ ले युट्युबमा मिलयन भ्युज पार गर्दै दर्शकको मन जित्न सफल भएका छन् ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक गाउँले युवकको काठमाडौँ छिरेपछिको सङ्घर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

ट्रेलरमा देखिएको आमा(छोराको भावनात्मक सम्बन्ध र शहरको कठोर वास्तविकताले धेरै दर्शकलाई भावुक बनाएको छ ।

मरिचमान श्रेष्ठको स्वर रहेको ‘ओ हेलो हाई हाई’ बोलको गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ ।

मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड यो गीतले दर्शकलाई डान्सिङ बिटमा झुमाएको छ ।

समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलर र गीत दुवैले युट्युबमा मिलयन भ्युजको आँकडा पार गरिसकेका छन्, जसले चलचित्रप्रति दर्शकको व्यग्र प्रतीक्षालाई झल्काउँछ ।

युट्युबको कमेन्ट बक्समा दर्शकहरूले चलचित्रको विषयवस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

एक दर्शकले लेखेका छन्, “ट्रेलर हेर्दा मनै छुन्छ, गाउँबाट शहर आएर सङ्घर्ष गर्ने हरेक युवाको कथा यसमा झल्किएको छ ।”

त्यस्तै अर्का दर्शक लेख्छन्, “बल्छी धुर्बे दाइको अभिनय सधैं प्राकृतिक लाग्छ ।

हाँसो र आँसु दुवैको समिश्रण ट्रेलरमा देखियो, फिल्म सुपरहिट हुने पक्का छ ।” धेरै दर्शकले चलचित्रको टाइटल ‘गोबर गणेश’ मौलिक र फरक रहेको भन्दै प्रशंसा गरेका छन् ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

चलचित्रको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन् । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो ।

‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको यो चलचित्र आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ ।

नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

Page Views: 88
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama