Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इरानसँग व्यापार गर्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आफ्ना नागरिकमाथि भइरहेको कथित बर्बर दमनविरुद्ध कडा चेतावनी दिँदै आएका छन्।

यही क्रममा उनले सोमबार इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

सरकारविरोधी प्रदर्शन तेस्रो सातामा प्रवेश गरिरहेका बेला यो कदमले तेहरानमाथि थप दबाब पर्ने विश्वास ट्रम्पले व्यक्त गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त कर तत्काल लागू हुने बताएका छन्। तर , इरानसँग व्यापार गर्ने’ भन्ने कुराको स्पष्ट परिभाषा भने उनले दिएका छैनन्।

हाल इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन रहेको छ। त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत रहेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “इस्लामिक रिपब्लिक अफ इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग हुने हरेक प्रकारको कारोबारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ।” उनले थप लेखेका छन्, “यो आदेश अन्तिम र निर्णायक हो।”

नयाँ भन्सार शुल्क इरानमा प्रदर्शनकारीमाथि भएको दमनपछि घोषणा गरिएको हो। ट्रम्पले इरानमा आमहत्या भइरहेको दाबी गर्दै सैन्य हस्तक्षेपको चेतावनी पनि दिँदै आएका छन्।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार हवाई आक्रमणसहितका सैन्य विकल्पहरू अझै ‘विकल्पको सूचीमै’ रहेको बताएकी छन्।

ह्वाइट हाउसले कुन(कुन देशका आयातहरू बढी प्रभावित हुनेछन् भन्नेबारे भने थप विवरण सार्वजनिक गरेको छैन।

इरानी मुद्रा रियालको मूल्य तीव्र रूपमा घटेपछि डिसेम्बरको अन्त्यतिर शुरु भएको विरोध प्रदर्शनले हाल इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सत्ता संकटमा पारेको बताइएको छ।

मानवअधिकारसम्बन्धी समाचार एजेन्सीहरूका अनुसार हालसम्म झण्डै ५०० प्रदर्शनकारी र ४८ जना सुरक्षा कर्मीको मृत्यु पुष्टि भइसकेको छ।

कतिपय अपुष्ट विवरणअनुसार दुई हजारभन्दा बढी मानिस मारिएको दाबी पनि गरिएको छ। तर, मृत्यु हुनेको यकिन संख्या अझै सार्वजनिक हुन सकेको छैन।

डिसेम्बर २८ मा तेहरानका व्यापारीहरू अमेरिकी डलरसँगको विनिमय दरमा रियालको मूल्य पुनःतीव्र रूपमा घटेपछि सडकमा उत्रिएका थिए।

गत एक वर्षमा इरानी मुद्रा इतिहासकै न्यूनतम स्तरमा झरेको छ भने मुद्रास्फीति ४० प्रतिशतभन्दा माथि पुगेको छ।

यसको असर खाना पकाउने तेल र मासुजस्ता दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ।

साथै पानीको संकट पनि गहिरिँदै जाँदा इरानी नागरिकहरू गम्भीर कठिनाइ भोगिरहेका छन्।

Page Views: 39
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama