Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच महिनामा पर्यटकबाट करिब ३४ अर्ब आम्दानी

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले विदेशी पर्यटकबाट करिब ३४ अर्ब रुपैयाँ आम्दानी गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भ्रमण शीर्षकअन्तर्गत प्राप्त यो आम्दानी विदेशी पर्यटकले नेपालमा गरेको खर्चबाट आएको हो।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा भ्रमण शीर्षकमा ३५ अर्ब ११ करोड रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष आम्दानी केही घटेको देखिन्छ।

यस्तै, पाँच महिनाको अवधिमा भ्रमण शीर्षकमा नेपालबाट ८८ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ।

भित्रिने र बाहिरिने रकमबीच ठूलो अन्तर देखिँदा भ्रमण शीर्षकमा मात्रै करिब ५५ अर्ब रुपैयाँ घाटा भएको छ।

तथ्यांकअनुसार व्यावसायिक भ्रमणतर्फ २ करोड १६ लाख रुपैयाँ आम्दानी हुँदा ७४ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ।

त्यस्तै, व्यक्तिगत भ्रमणतर्फ ३३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी भए पनि ८८ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ।

व्यक्तिगत भ्रमणअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका उद्देश्यका यात्राहरू समावेश छन्।

पछिल्लो समय अध्ययनका लागि विदेश जानेको संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा शिक्षासम्बन्धी भ्रमण शीर्षकमा मात्रै ५६ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।

विशेषगरी शिक्षा र स्वास्थ्यका लागि विदेश जाने प्रवृत्तिले भ्रमण शीर्षकअन्तर्गत विदेशी मुद्रा बाहिरिने दबाब बढाएको देखिन्छ।

Page Views: 203
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama