Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, कार्तिक ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँच महिनामा पर्यटकबाट करिब ३४ अर्ब आम्दानी

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले विदेशी पर्यटकबाट करिब ३४ अर्ब रुपैयाँ आम्दानी गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भ्रमण शीर्षकअन्तर्गत प्राप्त यो आम्दानी विदेशी पर्यटकले नेपालमा गरेको खर्चबाट आएको हो।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा भ्रमण शीर्षकमा ३५ अर्ब ११ करोड रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष आम्दानी केही घटेको देखिन्छ।

यस्तै, पाँच महिनाको अवधिमा भ्रमण शीर्षकमा नेपालबाट ८८ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ।

भित्रिने र बाहिरिने रकमबीच ठूलो अन्तर देखिँदा भ्रमण शीर्षकमा मात्रै करिब ५५ अर्ब रुपैयाँ घाटा भएको छ।

तथ्यांकअनुसार व्यावसायिक भ्रमणतर्फ २ करोड १६ लाख रुपैयाँ आम्दानी हुँदा ७४ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ।

त्यस्तै, व्यक्तिगत भ्रमणतर्फ ३३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी भए पनि ८८ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ।

व्यक्तिगत भ्रमणअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका उद्देश्यका यात्राहरू समावेश छन्।

पछिल्लो समय अध्ययनका लागि विदेश जानेको संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा शिक्षासम्बन्धी भ्रमण शीर्षकमा मात्रै ५६ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।

विशेषगरी शिक्षा र स्वास्थ्यका लागि विदेश जाने प्रवृत्तिले भ्रमण शीर्षकअन्तर्गत विदेशी मुद्रा बाहिरिने दबाब बढाएको देखिन्छ।

Page Views: 229
संबन्धित शिर्षकहरु
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता
चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama