Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेयरबजारमा सामान्य सुधार, परिसूचक २ हजार ६३९.९१ विन्दूमा

- shuvadmin / मङ्गलबार, पुष २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको तेस्रो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । 

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात ४.९० अंकले बढेर २ हजार ६३९.९१ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले बढेर ४५४.८६ विन्दूमा पुगेको छ । 

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३४९ वटा स्क्रिप्टको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ६ अर्ब ९९ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज बजार सामान्य बढ्दा कारोबार पनि बढेको छ । मार्केट माथि जान खोजिरहेको जस्तो त देखिन्छ । 

तर, ठूलो अंकको स्विङ नदेखिदा केही दिनसम्म बजारमा स–सानो उतारचढाव मात्रै देखिन सक्छ । 

जबसम्म बजारमा रहेको राम्रा कम्पनीहरु बढ्दैनन् र वाणिज्य बैंक समूहमा सुधार देखिदैन तबसम्म बजार ठूलो अंकले बढ्ने सम्भावना कम छ । 

अब माघ ६ गते मनोनयन दर्ता सकिएपछि बजारले लय समाउछ भन्ने विश्वास छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । 

आज हाईड्रो समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्यो । यस्तै लगानी समूह ०.०४ प्रतिशत, म्युचुअल फण्ड ०.४१, निर्जीवन बीमा ०.०९, अन्य ०.७८ र व्यापार ०.९८ प्रतिशतले बढ्यो । 

विकास बैंक समूह पनि आज ०.४१ अंकले बढ्यो । होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०।४८ प्रतिशतको गिरावट आयो । 

बैंकिङ समूह पनि आज ०।१४ प्रतिशत, फाइनान्स ०।२९, होटल ०।४८, जीवन बीमा ०।१७,उत्पादन तथा प्रशोधन ०।२३ र लघुवित्त ०।२० प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज राधी विद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५४ करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, एसवाई प्यानलको ३४ करोड ८१ लाख, बुटवल पावरको २८ करोड १३ लाख र श्रीनगर एग्रीटेकको २६ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज थ्रिस्टार होटलको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । 

यसैगरी, आज दोर्दी खोला जलविद्युतको सेयरमूल्य ९.३८ प्रतिशत, सुपर मादी हाईड्रोपावरको ९.०७ र राप्ती हाईड्रोको सेयरमूल्य ५.६६ प्रतिशतले बढ्यो ।

रसुवागढी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ६.०९ प्रतिशतले घट्यो। नारायणी डेभलपमेन्टको सेयरमूल्य पनि आज ४.४४ र विन नेपाल लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले बढ्यो । 

Page Views: 130
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama