Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्रम्प प्रशासनले रोक्यो नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिषा

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी विदेश मन्त्रालयले नेपालसहित अफगानिस्तान, इरान, रुस, सोमालिया लगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिषा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ ।

यो निर्णय आगामी जनवरी २१ देखि लागू हुने जनाइएको छ ।

विदेश मन्त्रालयका अनुसार प्रभावित देशका नागरिकहरूले अमेरिका पुगेपछि सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम उठाइएको हो ।

मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई ती देशबाट आउने आप्रवासी भिषा आवेदनहरू रोक्न निर्देशन दिएको छ ।

विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको मन्त्रालयले यो निर्णय गत नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुसार लिएको जनाएको छ ।

उक्त आदेशले अमेरिकी सरकारमाथि सम्भावित आर्थिक भार पर्न सक्ने आप्रवासीहरूका लागि नियमहरू कडा बनाएको थियो ।

अमेरिकी प्रशासनले यसअघि करिब ४० देशमा यस्तै यात्रा र अध्यागमन प्रतिबन्ध लगाइसकेको छ ।

विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्प प्रशासनले अमेरिकी जनताको स्रोतको दुरुपयोग गर्दै अध्यागमन प्रणालीको गलत प्रयोग गर्ने अभ्यास अन्त्य गर्दैछ।

यी ७५ देशका आप्रवासी भिषा प्रक्रिया तबसम्म स्थगित रहनेछ जबसम्म प्रवेश प्रक्रियाको पुनः मूल्याङ्कन हुँदैन ।’

स्थगनको दायरामा परेका देशहरूमा नेपाल, अफगानिस्तान, इरान, रुस, सोमालिया, बंगलादेश, भुटान, पाकिस्तान, थाइल्याण्ड लगायत ७५ देश रहेका छन् ।

Page Views: 34
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama