Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेफ्स एसोसिएसनकाे ३१औँ वार्षिकोत्सव सम्पन्न

- shuvadmin / बुधबार, माघ २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सेफ्स एसोसिएसन अफ नेपालकाे ३१औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएकाे छ । अध्यक्ष रेशमकुमार लामा तामाङको अध्यक्षतामा एसोसिएसनको कार्यालय रानीवारीमा आयोजित वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे हाे ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहकाे प्रमुख आतिथ्यमा सम्पन्न सेफ्स एसोसिएसन अफ नेपालको ३१औँ वार्षिकोत्सव कार्यक्रममा पाककला, पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथीबाट पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा उद्घाटन गरिएकाे कार्यक्रमकाे उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहले नेपाली पाककला र सेफ्सहरूको भूमिका पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै सेफ्स एसोसिएसन अफ नेपालले नेपाली खानाको पहिचानलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए ।

वार्षिकोत्सवकै अवसरमा एसोसिएसनद्वारा प्रकाशित ‘नेपाली सेफ्स सिग्नेचर डिशेस’ नामक पुस्तकको समेत लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपाली मौलिक स्वाद, परम्परागत र आधुनिक पाककलाको संयोजन तथा नेपाली सेफ्सको सिर्जनात्मक क्षमता समेटिएको छ । उक्त पुस्तकले नेपाली खानाको दस्तावेजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपालका अध्यक्ष सङ्घर्ष विष्ट र गोल्डेन गेट कलेजका अध्यक्ष रमेशकुमार सिलवालकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्षहरू, प्रतिष्ठित उद्योगी, व्यवसायी, पाककला क्षेत्रका विज्ञ तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

विशिष्ट अतिथि तथा, एसोसिएसनका पूर्व अध्यक्षहरू र अन्य अतिथिहरूले सेफ्स एसोसिएसन अफ नेपाल पाककला क्षेत्रमा एक सशक्त र संगठित आवाजका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपाली खानालाई विश्व समुदायमा चिनाउन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा सहित शुभकामना मन्तव्य राखेका थिए । उनिहरूले नेपाली मौलिक खानाको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि यस्ता पहलहरू निरन्तर हुनुपर्नेमा जोड दिएका छन् ।

३१औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नमा उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट सेफ्सहरुलाइ सम्मान गरिएको थियाे । उक्त सम्मानले सेफ्सहरूको पेशागत योगदानलाई थप प्रोत्साहन गर्ने विश्वास रहेको अध्यक्ष तामाङले बताएका छन् ।

प्रथम उपाध्यक्ष ठाकुर प्रसाद पौडेलकाे स्वागत मन्तव्यसँगै महासचिव पदमबहादुर आले मगरले एसोसिएसनको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुनिल तामाङले वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेका थिए ।

सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली पाककला, सेफ्सको क्षमता विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएकाे कार्यक्रमको सञ्चालन सेफ विक्रम गिरीले गरेका थिए ।

Page Views: 56
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama