Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, मङि्सर ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हैदराबादमा विजय–रश्मिकाको भव्य रिसेप्सन आज, ताज कृष्णामा कडा सुरक्षा व्यवस्था

- shuvadmin / बुधबार, फागुन २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हैदराबादमा साउथ फिल्म उद्योगका चर्चित जोडी विजय देवरकोंडा र रश्मिका मन्दाना को विवाहपछिको भव्य रिसेप्सन आज आयोजना हुँदैछ। कार्यक्रम शहरस्थित ताज कृष्णा मा हुँदैछ। गत फेब्रुअरी २६ मा उदयपुर मा सीमित पारिवारिक सदस्य र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेका यो जोडीले आज सहकर्मी, फिल्मकर्मी र विशिष्ट पाहुनाहरूका लागि विशेष समारोह राखेका हुन्। उनीहरूको विवाह आईटीसी ममेन्टोस उदयपुर मा सम्पन्न भएको थियो, जहाँ करिब २५० जना मात्र आमन्त्रित थिए।

आजको रिसेप्सनमा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड फिल्म क्षेत्रका चर्चित कलाकारहरूका साथै प्रभावशाली राजनीतिज्ञहरूको उपस्थिति रहने जनाइएको छ। उच्च पदस्थ पाहुनाहरूको सम्भावित आगमनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनसँग समन्वय गरी कडा सुरक्षा व्यवस्था गरिएको छ। आयोजकका अनुसार वैध निमन्त्रणा पत्रबिना कसैलाई प्रवेश दिइने छैन। सीमित अतिथि सूची, कडा सुरक्षा जाँच र निजी सुरक्षाकर्मीका साथै अतिरिक्त सुरक्षा बल परिचालन गरिएको छ।

विजय देवरकोंडा र रश्मिका मन्दानाको विवाह दुई फरक सांस्कृतिक परम्परा अनुसार सम्पन्न भएको थियो। बिहान तेलुगु रीतिरिवाजअनुसार कार्यक्रम गरिएको थियो भने साँझ रश्मिकाको पुर्ख्यौली कोडवा परम्परा अनुसार वैवाहिक संस्कार सम्पन्न गरिएको थियो।

लामो समयदेखि प्रेम सम्बन्धको चर्चा चलिरहे पनि यो जोडीले विवाहलाई अन्तिम समयसम्म गोप्य राख्न सफल भएको थियो।

Page Views: 287
संबन्धित शिर्षकहरु
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सुनचाँदीको मूल्य उकालाे लाग्याे
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने
  • आजदेखि काभ्रेकाे नमोबुद्ध जात्रा सुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama