Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनितिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै

- shuvadmin / बुधबार, मङि्सर ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ ।

अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दुई महिनामा सकेसम्म धेरै सहायता प्राप्त गर्न चाहको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा कार्यकाल शुरु गर्नु अघि बाइडेनले युक्रेनलाई सकेसम्म बढी सहयोग गर्ने रणनीति बनाएको रिपोर्टमा उल्लेख छ ।

विशेष गरी युक्रेनमा द्वन्द्व बढ्ने डर बढ्दै गएको बेला अमेरिकाले हतियारको पछिल्लो ढुवानी युक्रेनमा आफ्नो सेनालाई थप बलियो बनाउन पठाइने भएको छ ।

ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेकाले दुवै पक्षले थप लाभ लिन जोड दिइरहेका छन् ।

यस अघि नोभेम्बर १७ मा बाइडेनले युक्रेनलाई देश बाहिर पनि लामो दूरीको मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका थिए ।

त्यसपछि, १९ नोभेम्बरमा, युक्रेनले सामरिक मिसाइल प्रणाली प्रयोग गरेको दाबि गरिएको छ ।

रिपोर्टका अनुसार युक्रेनले गए राति रुसको ब्रायान्स्क क्षेत्रमा ६ वटा अमेरिकी एटीएसीएमएस मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।

एटीएसीएमएस प्रणाली सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ ।

लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्ने बताइएको छ ।

अमेरिकाको नयाँ सहायताले युक्रेनलाई एयर डिफेन्स, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम, १५५ एमएम र १०५ एमएम आर्टिलरी राउण्ड, जेभलिन एन्टि(आर्मर हतियार र अन्य उपकरण प्रदान गर्नेछ ।

यी हतियारहरू पेन्टागनले सकेसम्म चाँडो युक्रेनी सेनालाई पठाइने बताएको छ ।

Page Views: 100
संबन्धित शिर्षकहरु
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
ताजा अपडेट
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama