Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रूस–युक्रेन युद्धमा मारिए कम्तीमा ३० उत्तर कोरियाली सैनिक

- shuvadmin / मङ्गलबार, पुष ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रूस–युक्रेन युद्धमा कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएका छन्।

युक्रेनको मिलिटरी इन्टेलिजेन्स र पेन्टागनले युक्रेनी सेनाले रुसको कुर्स्क सीमा क्षेत्रमा रुसी सेनासँग मिलेर लडिरहेका उत्तर कोरियाली सेनालाई मारेको र घाइते बनाएको बताएको छ।

युक्रेनको सैन्य खुफिया एजेन्सी गुरका अनुसार उत्तर कोरियाली सेना एकाइले महत्त्वपूर्ण क्षति भोगेको छ, जसमा कम्तीमा ३० सैनिक मारिएका छन् भने युक्रेनी हमलामा घाइते भएका उत्तर कोरियाली सैनिकहरू कुर्स्क क्षेत्रमा, प्लेखोभो, वोरोब्झा र मार्टिनोभका गाउँ नजिक उपचाररत रहेका छन्।

‘कुरिलोभका गाउँको क्षेत्रमा पनि कम्तीमा तीन उत्तर कोरियाली सैनिक बेपत्ता भएका छन्,‘ गुरूले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ।

दक्षिण कोरिया, अमेरिका र युक्रेनी गुप्तचरका अनुसार उत्तर कोरियाका करिब ११ हजार सैनिकहरू युक्रेनी सेनाविरुद्ध अग्र पङ्क्तिमा लड्नका लागि रुसमा कार्यरत रहेका छन्।

अधिकांश उत्तर कोरियाली सेनाहरू रुसको कुर्स्क क्षेत्रमा तैनाथ गरिएको छ, जुन क्षेत्रमा अगस्टमा युक्रेनले रुसी भू भागमा अचानक आक्रमण गरेपछि आंशिक युक्रेनी नियन्त्रणमा रहेको अवस्था छ।

रुसले आफ्नो भुमी फिर्ता लिनका लागि उत्तर कोरियाली सैनिकलाई सो क्षेत्रमा खटाएको हो। वाशिंगटन डीसीमा पत्रकारहरूसँग कुरा गर्दै पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट राइडरले युक्रेनी सेनाको दाबीलाई सही भनेका छन् भने, ‘अमेरिकाले कुर्स्कमा लडाईमा उत्तर कोरियाली सेनाहरू मारिएको र घाइते भएको पुष्टि भएको ठानेको छ।’

रुसले विरलै आफ्ना सेनाहरू र यसका सहयोगीहरूको हताहतको विवरण सार्वजनिक गर्ने गरेको छ।

तर, जारी युद्धमा कोरियाली सैनिक मारिएको भन्ने युक्रेन र अमेरिकाको दाबीका बारेमा हालसम्म क्रेमलिनले कुनै प्रतिक्रिया दिएको छैन।

Page Views: 66
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama