Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

- shuvadmin / आइतबार, पुष १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ।

१८१ जना सवार जेजु एयरको विमान बैंककबाट गएको विमान आइतबार बिहान दुर्घटनामा परेको हो। सवार व्यक्तिमध्ये ६ जना क्रु मेम्बर हुन्।

दक्षिण कोरियाको दमकल विभागले दुर्घटनामा ६२ जनाको मृत्यु भएको जानकारी दिएको हो।

दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। यो समाचार तयार पार्दासम्म पनि उद्धार कार्य जारी छ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीको रिपोर्टअनुसार विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएपछि आगलागी भएको थियो।

दुर्घटनाबारे जानकारी आउने क्रम जारी छ।

पुस १० गते बुधबार अजरबैजान एयरलाइन्सको जहाज कजाखस्तानमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो।

बीबीसी

Page Views: 59
संबन्धित शिर्षकहरु
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama