Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायली आक्रमणमा ९ प्यालेस्टिनीको मृत्यु

- shuvadmin / बिहिबार, पुष १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी , इजरायल र गाजाबीच १४ महिनादेखि चलिरहेको युद्धको हालसम्म कुनै समाधान निस्किएको छैन्।

विश्वले नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाइरहेको बेला यो वर्ष गाजाका बासिन्दाका लागि भने कुनै राहत आएन।

गाजा अधिकारीहरूले बुधबार इजरायली आक्रमणमा परी कम्तीमा ९ प्यालेस्टिनीहरू मारिएका बताएका छन्।

जसमा अधिकांश महिला र बालबालिका रहेका बताएका छन्। इजरायली सेनाले उत्तरी गाजाको जबलिया क्षेत्रमा रहेको एउटा घरमा आक्रमण गर्दा यस क्षेत्रको अवस्था झनै बिग्रिएको छ।

यो क्षेत्र युद्धका कारण पूर्ण रूपमा ध्वस्त र अलग अलग भइसकेको छ। गाजाको स्वास्थ्य मन्त्रालयले यस हमलामा एक महिला र चार बालबालिकासहित सात जनाको मृत्यु भएको र १२ जनाभन्दा बढी घाइते भएको जानकारी दिएको छ।

मध्य गाजाको बुरेज शरणार्थी शिविरमा बुधबार भएको अर्को आक्रमणमा अल(अक्सा सहिद अस्पतालले एक महिला र एक बालकको मृत्यु भएको पुष्टि गरेको छ।

हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि हिंसा बढ्दै गएको छ। हमासको यो आक्रमणमा १२०० भन्दा बढी मानिस मारिएका थिए भने करिब २५० जनालाई बन्धक बनाएको थियो।

जवाफमा इजरायलले गाजामा ठूलो मात्रामा हवाई र जमिन आक्रमण गरेको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४५ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

जसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। इजरायली सेनाले आफ्नो आक्रमण हमासका लडाकुहरूलाई मात्र लक्षित गरेको र सर्वसाधारणको मृत्युका लागि हमासलाई जिम्मेवार ठहराएको दावी गरेको छ।

इजरायलले आरोप लगाएको छ-हमासले जानाजानी घना जनसंख्या भएको क्षेत्रबाट आक्रमण गरेको छ, जसमा सर्वसाधारणको मृत्यु भएको छ। सेनाले हालसम्म १७ हजार हमास आतंकवादी मारिएको पनि बताएको छ।

Page Views: 51
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama