Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा उछाल

- shuvadmin / बुधबार, माघ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको वृद्धि आएको छ ।

आज नेप्से परिसूचक २ प्रतिशत अर्थात ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४४८.८० विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९ अर्ब २० करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको कारोबार दुई महिना पछिकै उच्च हो । यसअघि गत मंसिर १७ गते १० अर्ब ५४ करोड बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज ४.२४ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.३२ प्रतिशत,विकास बैंक २.७४, वित्त ०.८९,होटल २.७१,हाईड्रो २.१२,लगानी ३.८२,जीवन बीमा १.८९,उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त १.०७,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा १ र व्यापार समूह २.४५ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६१ करोड ३६ लाख बढीको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनीको पनि आज ४१ करोड २९ लाख, हिमालयन रि इन्स्योरेन्सको ३१ करोड ९६ लाख,सीईडीबी होल्डिङको २९ करोड ४२ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,दोल्ती पावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै आज एचआईडीसीएलको सेयरमूल्य ८.४८ प्रतिशत । सुपर मादी हाईड्रोको ८.२० प्रतिशतले बढ्यो ।

यो दिन बाराही हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.२१ प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ५.६२ र विन नेपाल लघुवित्तको सेयरमूल्य २.८१ प्रतिशतले बढ्यो ।

Page Views: 68
संबन्धित शिर्षकहरु
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
सुनचाँदीको मूल्य घट्याे
कुन कुन फलफूल, तरकारी तथा कृषि उपजको थोक मूल्य कति ?
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama