Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘लाज शरणम्’ हेरेर मेयर बालेनले गरे धुर्मुसको तारिफ

- shuvadmin / मङ्गलबार, फागुन २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् ।

प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् ।

बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् ।

“यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो रु लास्टै दामी । लास्टै मजा आयो,” सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे ।

बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ ।

म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।”

बालेन मिडियालाई खबर नगरी चलचित्र हेर्न पुगेका थिए ।

चलचित्र ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ ¥यापमा बालेनको स्वर छ, जसले दर्शकमाझ निकै चर्चा पाएको थियो ।

चलचित्रमा भने यो गीत छैन । क्रेडिटलाइन स्क्रोल हुनथाले पछि यो गीत बज्छ ।

सिनेमाले हालसम्म कति कलेक्सन गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । पहिलो दिनको कलेक्सन रिपोर्ट भने भने सार्वजनिक भएको थियो ।

पहिलो दिन यो चलचित्रले एक करोड १० लाख कलेक्सन गरेको थियो । कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम्’ धुर्मुस मुख्य भूमिकामा छन् ।

चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

Page Views: 50
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama