Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुसी तेल खरिद गरेकोमा भारतमाथि थप २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतले रुसबाट तेल किनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत भन्सार कर लगाउने निर्णय गरेसँगै दुई मुलुकबीचको व्यापारिक सम्बन्धमा नयाँ तनावको संकेत देखिएको छ ।

यो निर्णय कार्यान्वयनमा आएपछि भारतबाट अमेरिकातर्फ हुने आयातमा भन्सार शुल्क ५० प्रतिशतसम्म पुग्नेछ ।

ह्वाइट हाउसले सार्वजनिक गरेको कार्यकारी आदेशमा २१ दिनपछि नयाँ दर लागू हुने प्रस्ट उल्लेख गरिएको छ ।

ट्रम्प प्रशासनको यो चाल आर्थिकभन्दा पनि राजनीतिक दबाब सिर्जना गर्न खोजिएको कूटनीतिक प्रयासजस्तो देखिन्छ ।

खासगरी ट्रम्पका विशेष दूत स्टिभ विट्कोफले मस्कोमा रुसी राष्ट्रपति पुटिनसँग भेट गरेपछि तुरुन्तै यस्तो घोषणा भएको हो भन्ने सन्दर्भले यो कदम संयोग मात्र हैन भन्ने पुष्टि गर्छ ।

रुसले युक्रेनमा युद्धविरामका लागि दिएको समयसीमाको पूर्वसन्ध्यामा भएको यो भेटवार्ता र त्यसपछि भारतमाथि अतिरिक्त कर लगाउने घोषणा, अमेरिकी विदेश नीतिको बदलिँदो रूप हो भन्ने बुझ्न गाह्रो छैन ।

अर्कोतर्फ ट्रम्पले आफैँले रुसबाट आयात भइरहेकै विषयमा अनविज्ञता देखाएको कुराले प्रश्न उठाउँछ– के यो निर्णय जानकारी र निष्पक्ष मूल्याङ्कनको आधारमा लिइएको हो त ? भारतले यसको जवाफमा प्रष्ट रूपमा भनेको छ, ‘अमेरिका अझै पनि रुसबाट युरेनियम, प्यालेडियम, मल र रसायन आयात गरिरहेको छ ।’

त्यसपछि पत्रकारले सोध्दा ट्रम्पले दिएको जवाफ थप दिलचस्प छ, ‘मलाई थाहा छैन मैले पत्ता लगाउनु पर्छ, पछि बताउँछु ।’

यस घटनाले देखाएको छ ट्रम्प प्रशासनको निर्णय प्रक्रिया स्पष्ट हैन । अर्कोतर्फ भारतले सार्वजनिकरूपमा अमेरिका र युरोपलाई नै घचघच्याउँदै भनेको छ, ‘रुससँग व्यापार गर्ने तपाईंहरूको अधिकार सुरक्षित छ ।

तर, हामीले तेल किन्यौं भने नीतिगत हमला हुन्छ यो दोहोरो मापदण्ड हो ।’

भारतले ठाडो पारामा राष्ट्रिय हित रक्षा गर्ने कुरा राख्दै प्रष्ट सन्देश दिएको छ, ‘हामी आफ्नो आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्छौँ ।’ यही सन्देश राष्ट्रहितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको सूचक हो ।

भारतलाई रुसी तेल बेचेर नाफा कमाएको आरोप लगाएर थप कर लगाउने ट्रम्पको निर्णय अहिलेको बहुध्रुवीय विश्व सन्दर्भमा विडम्बनापूर्ण देखिन्छ ।

किनकि तथ्यांकअनुसार अमेरिकाले मात्र गत वर्ष रुससँग झण्डै ३।५ अर्ब डलरको व्यापार गरिसकेको छ ।

त्यस अवस्थामा अमेरिका स्वयंले अपनाएको व्यवहार र भारतमाथिको आक्रोशको तुलनात्मक औचित्य खोज्दा उत्तर स्पष्ट देखिन्छ, मापदण्ड समान छैनन् ।

यो घटनाले भारत–अमेरिका सम्बन्धको विश्वासको तहलाई नै असर गर्न सक्छ ।

Page Views: 43
संबन्धित शिर्षकहरु
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama