Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापार खोल्ने सहमति

- shuvadmin / बुधबार, भदौ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारत र चीनले नेपाल समेतको त्रिदेशीय सीमा नाका लिपुलेकमार्फत दुई पक्षीय व्यापार थाल्ने सहमति गरेका छन् ।

चिनियाँ विदेश मन्त्री वाङ यीको भारत भ्रमणका क्रममा सो सहमति भएको हो ।

अगस्ट १८ र १९ गते भएको वाङ यीको भारत भ्रमणका क्रममा भएको १२ बुँदे सहमतिको नवौं बुँदामा लिपुलेकमार्फत सीमा व्यापार खोल्ने उल्लेख छ ।

‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनस् खोल्न सहमत भएका छन्,’ भारतीय विदेश मन्त्रालयले मंगलबार अबेर सार्वजनिक गरेको सहमति पत्रमा भनिएको छ ।

यसअघि पनि लिपुलेकमा भारत र चीनले नाका खोल्ने सहमति गरेको भन्दै नेपालले असहमति जनाउँदै आएको थियो ।

२०७६ सालमा भारत र चीनले व्यापारिक नाका खोल्ने सहमति गरेका थिए । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलको निमन्त्रणामा वाङ नयाँ दिल्लीको भ्रमणमा गएका थिए ।

वाङले सोमबार भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका थिए । भारत र चीन सीमा विवादबारे वाङ २४ औं चरणको वार्तामा सहभागी भएका थिए ।

त्यसपछि दुई देशका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो । भारत र चीनबीच सीमा क्षेत्रमा शान्ति कायम गर्नेबारे सहमति भएको छ ।

पछिल्लोपटक दोक्लम र लद्दाखका सीमामा विवाद भएपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको थियो ।

दोक्लम विवादपछि दुई देशबीच सीधा हवाई उडान समेत रोकिएको थियो ।

Page Views: 44
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama