Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अफगानिस्तान भूकम्पमा ८२० भन्दा बढीको मृत्यु, २५ सय बढी घाइते, उद्धारमा कठिनाइ

- shuvadmin / मङ्गलबार, भदौ १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, सोमबार राति स्थानीय समयअनुसार ११ः४७ बजे, अफगानिस्तानको पूर्वी क्षेत्रमा ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।

यस भूकम्पले काबुलको पूर्वी क्षेत्र नजिकको कुनार प्रान्तलाई विशेष गरी प्रभावित पारेको छ ।

रिपोर्टअनुसार कम्तीमा ८ सय २० जनाको मृत्यु भएको र २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेको छ । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प गइसकेको छ ।

उद्धारकर्मीले मर्ने र घाइतेको संख्याको बारेमा थप जानकारी गराइरहेकाले सो संख्या अझै बढ्ने बताइएको छ ।

भूकम्पमा परी २ हजारभन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने हजारौं घरहरू प्रभावित भएका छन् ।

अहिले घरबारविहीन भएकाहरूलाई सुरक्षित आश्रयस्थलतर्फ लगिएको छ ।

भूकम्पपछि उद्धार कार्यमा प्रमुख चुनौतीहरू देखा परेका छन् । पहाडी र दुर्गम क्षेत्रका कारण उद्धार टोलीहरूलाई पहुँचमा कठिनाइ भइरहेको छ ।

साथै, भूकम्पपछि आएका परकम्पका कारण थप जोखिम उत्पन्न भएको छ । स्थानीय अस्पतालहरूमा घाइतेको उपचारका लागि पर्याप्त स्रोतसाधनको अभाव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस अवस्थामा अन्तर्राष्ट्रिय समुदायको सहयोग अत्यन्त आवश्यक रहेको छ । अन्तर्राष्ट्रिय समुदायबाट लगभग यो मुलुक अलग अवस्थामा रहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्ने तयारी भइरहेको बताएका छन् ।

अफगानिस्तानको भूकम्प प्रभावित क्षेत्रको उद्धार र राहत कार्यमा अन्तर्राष्ट्रिय समुदायले सक्रियता देखाएको छ ।

चीन भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानका जनतालाई सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि अफगानिस्तानका जनताप्रति समवेदना व्यक्त गर्दै भारतले आवश्यक सहयोग प्रदान गर्ने जनाए ।

यसै गरी इरानले पनि अफगानिस्तानलाई पूर्ण सहयोग दिने घोषणा गरेको छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ताले अफगानिस्तानका जनतालाई समवेदना व्यक्त गर्दै इरानले आवश्यक सहयोग प्रदान गर्ने बताएका छन् ।

अफगानिस्तानले अहिले आएर अन्तर्राष्ट्रिय सहयोग मागेको छ ।

तालिवान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् ।

Page Views: 115
संबन्धित शिर्षकहरु
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama