Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

७२ घण्टाभित्रै ६ मुस्लिम देशमा इजरायली आक्रमण, २०० जनाको मृत्यु, हजार बढी घाइते

- shuvadmin / शुक्रबार, भदौ २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, हमासको आक्रमणपछि शुरू भएको युद्धले सम्पूर्ण पश्चिम एसियालाई हल्लाएको छ। इजरायलको बमबारी गाजामा मात्र सीमित छैन ।

पछिल्लो ७२ घण्टाभित्र, इजरायली सेनाले एकैसाथ ६ मुस्लिम देशहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यी आक्रमणहरूमा लगभग २०० जनाको मृत्यु भएको छ र एक हजारभन्दा बढी मानिसहरू घाइते भएको समाचारमा उल्लेख छ ।

कतारदेखि यमन, लेबनानदेखि सिरियासम्म। इजरायली आक्रमण भएको छ । ट्युनिसिया र गाजा पनि इजरायली आक्रमणको आगो सल्केको छ ।

इजरायलले आतंकवादी लुकेका ठाउँहरूलाई मात्र निशाना बनाएको दाबी गरेको छ, जबकि प्रभावित देशहरूले यसलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमण भन्दै आएका छन् ।

मंगलबार इजरायली सेनाले दोहा (कतारको राजधानी)मा हवाई आक्रमण गरेको थियो।

लक्षित हमासका शीर्ष नेता खलील अल–हय्या थिए। आक्रमणमा उनका छोरा, कार्यालय निर्देशक, तीन गार्ड र एक कतारी सुरक्षा अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो ।

त्यतिबेला हमासका नेताहरू अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका थिए।

सोमबार इजरायली विमानहरूले बेका र हर्मेल जिल्लाहरूमा हवाई आक्रमण गरे। यसमा ५ जनाको मृत्यु भयो ।

मंगलबार इजरायली ड्रोनले हिज्बुल्लाह सदस्यमाथि आक्रमण गरेको थियो । नोभेम्बर २०२४ मा युद्धविराम भएपनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।

इजरायली लडाकु विमानहरूले सिरियाको हवाई सेना अड्डा र सेना शिविरमा आक्रमण गरेका छन् ।

मानव अधिकारका लागि सिरियन अब्जर्भेटरीले कुनै हताहत नभएको रिपोर्ट गरेको छ । सिरियाले यसलाई सार्वभौमिकताको उल्लङ्घन भनेको छ

इजरायली ड्रोनहरूले सोमबार ट्युनिसिया बन्दरगाहमा एउटा पारिवारिक डुङ्गालाई निशाना बनाए ।

जहाजमा ६ जना सवार थिए, जो पोर्चुगिज झण्डा बोकेर यात्रा गरिरहेका थिए।

कोही पनि मारिएन । मंगलबार बेलायती झण्डा बोकेको जहाजमा पनि आक्रमण गरिएको थियो ।

इजरायलले २०१० देखि गाजा जाने जहाजहरूमा निरन्तर ड्रोन आक्रमण गर्दै आएको छ।

बुधबार, इजरायलले साना विमानस्थलमा हवाई आक्रमण गर्‍यो । यसअघि, अगस्ट २८ मा भएको आक्रमणमा हुथी प्रधानमन्त्री अहमद अल–राहवीसहित १० जनाको मृत्यु भएको थियो।

सोमबार, गाजामा १५० जनाको मृत्यु र ५४० जना घाइते भएका थिए । २०२३ देखि गाजामा ६४, हजार ६०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् ।

गाजा क्षेत्रको लगभग ७५ प्रतिशत भू-भाग अहिले इजरायली कब्जामा छ । हजारौं मानिसहरू भोकमरी र भग्नावशेषबाट मरेका छन्।

संयुक्त राष्ट्र संघ र धेरै देशहरूले चिन्ता व्यक्त गरेका छन्, तर जमिनमा कुनै हस्तक्षेप भएको छैन ।

Page Views: 123
संबन्धित शिर्षकहरु
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama