Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण कोरियामा ट्रम्पले राष्ट्रपति सीलाई भेट्ने, अर्को वर्ष चीन जाने घोषणा

- shuvadmin / शनिबार, असोज ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोनवार्ता भएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा कुराकानी भएको जानकारी दिएका हुन् ।

फोनवार्तामा व्यापार, फेन्टानिल, रूस/युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदनसहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा कुराकानी गरेको उनले उल्लेख गरेका छन् ।

मैले भर्खरै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उत्पादक कुराकानी गरें ।

हामीले व्यापार, रूस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदनसहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गरेका छौं, उनले लेखेका छन्, म राष्ट्रपति सीसँग पनि सहमत छु कि हामी दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा भेट्ने छौं ।

म अर्को वर्षको शुरूमा चीनको भ्रमण गर्नेछु र राष्ट्रपति सीले पनि उचित समयमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नेछन् । हामी फेरि फोनबाट कुरा गर्नेछौं ।

चीनद्वारा जारी विज्ञप्तिमा पनि राष्ट्रपति सी जिनपिङले वार्तामा जोड दिएको उल्लेख छ ।

चीन र संयुक्त राज्य अमेरिकासँगै प्रगति गर्न सक्छन् र विश्वमा शान्ति ल्याउन सक्छन्, तर यसका लागि पारस्परिक सम्मान र सहयोग आवश्यक छ,विज्ञप्तिमा भनिएको छ, सी जिनपिङले अमेरिकाले एकतर्फी व्यापार प्रतिबन्धबाट बच्नुपर्छ र टिकटकको निष्पक्ष समाधानलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने पनि बताए ।

चिनियाँ र अमेरिकी अधिकारीहरूले हालैका महिनाहरूमा चार चरणको वार्ता गरेका छन् र अहिलेसम्म अत्यन्त उच्च शुल्क र कडा निर्यात नियन्त्रणहरू लागू गर्न रोकिएका छन् ।

Page Views: 26
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama