Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हमासले छोड्यो सबै २० जीवित बन्धक, ट्रम्पले इजरायली संसद्‌मा सम्बोधन गर्दै

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अन्ततः बन्धक भएको दुई वर्षपछि जीवित बचेका सबै २० बन्धक रिहा भएका छन्।

हमासले महत्वपूर्ण युद्धबिराम सम्झौता भएसँगै आज सबै जीवित बन्धक मुक्त गरेको हो। बन्धक मुक्त हुने दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल आइपुगेका छन्।

इजरायली सेनाले गाजामा रहेका सबै २० जना जीवित बन्दकहरू इजरायललाई हस्तान्तरण गरिसकेको पुष्टि गरेको छ।

यी बन्दकहरू सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले दक्षिण इजरायलबाट अपहरण गरेको थियो।

तीमध्ये जुम्ल्याहा दाजुभाइ जिभ र गाली बर्मनसमेत जीवित अवस्थामा स्वेदश फर्किन सफल भएका छन्।

उनीहरुलाई हमासले कहिले पनि सँगै नराखेको जनाइन्छ। तर, आज बिहान गाजामा एकसाथ तस्बिर खिचिएको थियो।

बन्दकहरूको सट्टामा इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १ हजार ७०० भन्दा बढी बन्दीहरूलाई मुक्त गर्नेछ।

बन्दीहरुको मुक्तिसँगै डोनाल्ड ट्रम्प अहिले इजरायली संसद्‌लाई सम्बोधन गर्न लागेका छन्।

ट्रम्पले यसअघि इजरायल प्रस्थान गर्नुअघि ‘गाजाको युद्ध सकिएको’ घोषणा गरेका थिए। ट्रम्पले आफ्नो ठूलो र निरन्तरको प्रयासले शान्ति सम्भव भएको बताउँदै आएका छन्।

उनले केहीबेरमा इजरायली संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। लगतै उनी इजिप्ट प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

जहाँ उनले हमाससँगको शान्ति सम्झौतालाई पूर्णता दिनका लागि २० देशका प्रतिनिधिहरुसँग छलफल गर्दै छन्।

Page Views: 29
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama