Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी, ६ करोड मानिस जोखिममा

- shuvadmin / सोमबार, पुष २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकामा ‘खतरनाक’ हिमआँधीको चेतावनी दिइएको छ । यसबाट ६ करोड मानिस जोखिममा रहेको भन्दै सरकारले सजगता अपनाउन अनुरोध गरेको छ ।

यसले गर्दा यतिबेला अमेरिकाका करोडौँ मानिस ‘खतरनाक’ हिमआँधीसँग जुध्न तयारी गरिरहेका छन् । यस आँधीका कारण पछिल्लो दशककै सबैभन्दा बढी हिमपात हुने बताइएको छ ।

अमेरिकाको नेसनल वेदर सर्भिस (एनडब्लूएस)का अनुसार अमेरिकाको मध्य भागबाट सुरु भएको यो हिमआँधी आगामी दिनमा पूर्वतिर सर्ने छ ।

यो आँधी आइतबार मध्य अमेरिका र मध्यपश्चिमबाट पूर्वतर्फ सरेर साँझसम्म मध्य एट्लान्टिक क्षेत्रमा पुग्ने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।

यसैलाई ध्यानमा राख्दै अहिलेसम्म अमेरिकाका पाँच राज्य केन्टकी, भर्जिनिया, कन्सास, अर्कान्सास र मिसौरीमा आपतकाल घोषणा गरिएको छ ।

यो आँधी अमेरिकाको पूर्वी भागतर्फ सर्ने सम्भावनाका कारण कुल ३० राज्यमा मौसमी चेतावनी जारी गरिएको छ ।

‘आँधीका कारण अमेरिकामा सन् २०११ पछिकै सबैभन्दा चिसो समय आउन सक्छ,’ एक्कु वेदरका मौसमविद् डान डेपोडभिनले भने ।

ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकामा २ हजारभन्दा बढी उडानहरू ढिलो र १ हजार ५०० रद्द गरिएका थिए ।

कन्सास सिटी इन्टरनेसनल एयरपोर्टका उडानहरू सबैभन्दा बढी प्रभावित भएका छन्, यहाँका ८६ प्रतिशत उडान रद्द भएका छन् ।

यसका कारण अमेरिकाको मध्य भागमा सामान्य जनजीवन प्रभावित हुन सक्ने मौसमविदले चेतावनी दिएका छन् ।

यहाँ धेरै ठाउँमा सडक बन्द गरिएको छ र मानिसहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन भनिएको छ ।

आँधीका कारण भिजिबिलिटी निकै कम हुन सक्ने चेतावनी दिइएको छ । मौसम विभागका अनुसार यस अवधिमा ४० माइल प्रतिघण्टा ९६४ किलोमिटर प्रतिघण्टा० को गतिमा हावा चल्ने छ ।

मध्य कन्सासका केही भाग आगामी केही दिनमा कडा चिसो अनुभव गर्न सेट गरिएको छ ।

दक्षिण–मध्य कन्सासको प्रमुख सहर विचिटामा रहेको एनडब्लूएस शाखाका अनुसार माइनस २९ डिग्री सेल्सियस र सोभन्दा कम हावा चिसो हुने अनुमान गरिएको छ ।

सोमबार बिहान सबैभन्दा चिसो हावा रसल र सलिना सहरमा महसुस भएको छ ।

ल्ध्क् ले यस अवधिमा कम्तिमा १५ इन्च (३८.१ सेन्टिमिटर) हिमपात हुने अनुमान गरेको छ। यो पछिल्लो दशकमा सबैभन्दा ठूलो हिमपात हुनेछ ।

एनडब्लूएसले मंगलबार बिहानसम्म आँधी कम हुने जनाएको छ ।

Page Views: 44
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama