Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टर्किएको रिसोर्टमा आगलागी, ७६ जनाको मृत्यु, ५१ घाइते

- shuvadmin / बुधबार, माघ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, टर्किएको प्रसिद्ध एक रिसोर्टमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

स्की नामक रिसोर्टमा भएको आगलागीमा परी ५१ जना घाइते भएको टर्कीका स्वास्थ्यमन्त्री केमाल मामिसोग्लुले जानकारी दिए ।

तीमध्ये एकजना आईसीयूमा छन् । १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्यु भएकाहरूको सनाखत हुन नसकेको टर्किएको गृह मन्त्रालयले जनाएको छ ।

बुधबारबार बिहानसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । मङ्गलबार नै लागेका आगो नियन्त्रण गर्न १२ घण्टा लागेको बताइएको छ ।

टर्किएका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।

स्थानीय समय अनुसार मङ्गलबार बिहान ३।२७ बजे बोलुस्थित १२ तले ग्राण्ड कार्टेल होटलमा आगलागी भएको हो । होटलमा २३४ जना बसेका थिए ।

बोलु टर्किएको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।

अत्यधिक कम तापक्रमका कारण दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको बीबीसीको समाचारमा उल्लेख छ ।

Page Views: 112
संबन्धित शिर्षकहरु
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama