Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुडानी विद्रोही अर्धसैनिक समूहले गर्‍यो अस्पतालमा आक्रमण, ६८ बिरामीको मृत्यु, ११ जना घाइते

- shuvadmin / आइतबार, माघ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले अस्पतालमा गरेको आक्रमणबाट कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा जारी गर्दै यसको जानकारी दिएका हुन् ।

‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए भने अन्य १९ जना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, स्थानीय गैर–सरकारी समूहले पनि साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ ।

आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ । डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरेका छन् ।

लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,’ मिनावीले शनिबार सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

Page Views: 53
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama