Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जाग्दै हसिनाको पार्टी, बंगलादेशभर हड्ताल घोषणा

- shuvadmin / शुक्रबार, माघ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, बंगलादेशमा हिंसात्मक आन्दोलनपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग बंगलादेशको राजनीतिमा फेरि सक्रिय हुन थालेको छ ।

अवामी लिगले युनुसु सरकारविरुद्ध निरन्तर आन्दोलनको घोषणा गरेको छ । जुन फ्रेबुअरी १ बाट शुरू हुनेछ ।

बंगलादेशमा हिंसात्मक विद्यार्थी आन्दोलनपछि शेख हसिना प्रधानमन्त्री पद त्यागेर भाग्न बाध्य भएकी थिइन् । त्यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार चलिरहेको छ ।

युनुस सरकारको पालामा शेख हसिना र उनको पार्टी अवामी लिगका नेताहरु विरुद्ध लगातार मुद्दा दर्ता हुँदै आए पछि सो पार्टी आन्दोलनमा उत्रिएको हो ।

हालै अन्तरिम सरकारका एक सल्लाहकारले अवामी लिगलाई चुनाव लड्न नदिने बताएका थिए भने भारतमा रहेकी शेख हसिनाले आफ्ना समर्थकहरूलाई भर्चुअल माध्यमबाट निरन्तर सम्बोधन गर्दै चुनाव लड्न नदिने योजनाको विरोध गरिरहेकी छिन् ।

अवामी लिगले मोहम्मद युनुस नेतृत्वको सरकारलाई सिधै चुनौती दिने भएपछि स्थितिमा बदलाव आउन सक्ने जनाइएको छ । अवामी लिगले बंगलादेशमा बन्दको आह्वान गरेको छ ।

उसको कार्यक्रम फेब्रुअरी महिनाभर चल्नेछ। युनुस सरकारको राजिनामाको माग गर्दै फेब्रुअरी १८ मा बंगलादेशभर हडतालको आह्वान गरिएको जनाइएको छ ।

पहिलो आलोको रिपोर्ट अनुसार अवामी लिगले फेब्रुअरी १ ​​देखि बंगलादेशको राजनीतिमा सक्रिय रूपमा पुनः प्रवेश खोजिरहेको छ ।

फ्रेबुअरी १ गतेदेखि कार्यक्रमको पर्चा वितरण गरिने छ भने फ्रेबुअरी ६, १० र १६ मा पनि निरन्तरता पाउनेछ ।

तर युनुस सरकारले यसप्रति कडा प्रतिक्रिया दिएको छ । प्रेस सचिव शफिकुल आलमले अवामी लिगको झण्डा बोकेर गैरकानूनी रूपमा विरोध गर्ने जोसुकैले कानूनको सामना गर्नुपर्ने बताएका छन ।

शुरूमा उनले भनेका थिए, ‘बंगलादेशमा अब अशान्ति र हिंसा गर्ने मौका दिइने छैन ।’

तर अवामी लिगलाई दिइएको यो चेतावनीको गलत अर्थ लागेपछि सच्चाउँदै शफिकुल आलमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारले पदभार ग्रहण गरेदेखि नै कुनै पनि वैधानिक आन्दोलनलाई रोकेको छैन् । हामी भेला र संघको स्वतन्त्रतामा विश्वास गर्छौं।’

हसिना सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएलगत्तै अवामी लिगको विद्यार्थी संगठन, छाल लिगमाथि प्रतिबन्ध लगाइएको थियो ।

तर, अवामी लिगलाई भने अहिलेसम्म प्रतिबन्ध लगाइ सकिएको छैन् ।

Page Views: 55
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama