Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सत्ताइस वर्षपछि दिल्लीमा भाजपा

- shuvadmin / आइतबार, माघ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ ।

दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो ।

सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो ।

यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम आदमी पार्टीलाई भारतीय जनता पार्टीले पराजित गरेको हो ।

सो पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नमिठो हार चखाउँदै दिल्ली शासन आफ्नो हातमा पार्न भारतीय जनता पार्टी सफल भएको हो ।

यो जीतसँगै भारतीय जनता पार्टीले अब दिल्लीमा आफ्नो सरकार बनाउने बाटो खुलेको छ । उता आम आदमी पार्टी दिल्लीबाट सत्ताच्यूत भएको छ ।

अन्तिम मतगणना जारी रहँदासम्म भारतीय जनता पार्टीले ४८ सिटमा जीत हासिल गरिसकेको छ । आम आदमी पार्टीले मात्र २२ सिट जित्न सकेको छ ।

आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई भारतीय जनता पार्टीका परवेशसिंह वर्माले हराएका छन् ।

उनले ३० हजार २४ मत पाएभने केजरीवाल यस पटक २५ हजार ९२५ मतमा सीमित भए ।

भारतीय जनता पार्टीका पुराना नेता साहिवसिंह वर्माका छोरा वर्माले केजरीवाललाई हराएपछि उनको चर्चा थप चुलिएको छ ।

उनी अब दिल्लीको भावी मुख्यमन्त्रीको दाबेदार बनेका टन् । अरबिन्द केजरीवालले हार स्वीकार गर्दै १० बर्से आफ्नो कार्यकाल दिल्लीको पूर्वाधार विकाससँगै धेरै काम गर्न सकेको दाबी गर्दै जनतालाई धन्यवाद दिए ।

आम आदमी पार्टीका प्रमुख नेताहरू मनिष सिसोदिया, अवध ओझा र बिबी त्यागीलगायतले पनि हार बेहोरेको छ ।

दिल्लीमा सन् १९९८ देखि सन् २०१३ सम्म भारतीय कांग्रेस पार्टीले शासन चलाएको थियो ।

त्यसपछि उठेको भ्रष्टाचार मुद्दाका कारण केजरीवालको आम आदमी पार्टीले लगातार दुई शासनकाल राज गर्ने अवसर प्राप्त गरेको थियो ।

दिल्लीमा बुधबार विधान सभा निर्वाचनका लागि मतदान भएको थियो । शनिबारदेखि मतगणना सुरु भएको हो ।

सात सय उमेदवार सामेल निर्वाचनमा एक करोड बढी मतदाता रहेका थिए ।

Page Views: 40
संबन्धित शिर्षकहरु
नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे
उद्घाटन खेलमा मेक्सिकाे दाश्राे खेलमा दक्षिण कोरिया विजयी
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama