Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बन्धक रिहाइ स्थगित गर्ने हमासको घोषणा

- shuvadmin / मङ्गलबार, माघ २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, प्यालेस्टाइनी समूह हमासले बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ ।

इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले यस्तो घोषणा गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेका कारण आफूहरूले इजरायली बन्धकहरूको रिहाइको निर्धारित मिति स्थगित गरेको हमासका एक प्रवक्ताले बताएका छन् ।

पूर्वसम्झौता अनुसार बन्धकको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो ।

हमासले मुक्त गर्ने व्यक्तिहरूको सूचीमा नेपाली युवा विपिन जोशी पनि पर्ने अपेक्षा गरिएको थियो ।

इजरायलका रक्षा मन्त्री इस्राएल क्याट्जले हमासको यो घोषणा युद्धविराम सम्झौतामा पूर्ण उल्लङ्घन भएको बताएका छन् ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा गाजा क्षेत्रका सबै बन्धकलाई हमासले रिहा नगरे युद्धविराम रद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको हामासको हमलामा ७३ र १० वर्ष पहिलेका तीन अन्य बन्धक गाजा क्षेत्रमै कैद छन् ।

हमासले इजरायललाई गाजा क्षेत्रको उत्तरमा विस्थापित प्यालेस्टिनी फर्काउने प्रक्रिया ढिलो गरेको र मानवीय सहायताको प्रवेश अवरुद्ध गरेको आरोप लगाएको छ ।

युद्धविराम सम्झौताअनुसार १९ जनवरीदेखि अहिलेसम्म १६ इजरायली र पाँच थाई बन्धकलाई ५६६ प्यालेस्टिनी बन्दीहरूको साटोमा मुक्त गरिसकिएको छ ।

Page Views: 58
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama