Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र रुस सकारात्मक, वार्ता फलदायी भएको ट्रम्पको दावी

- shuvadmin / शनिबार, चैत ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले सुरु गरिएको अमेरिका र रुसबीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

ट्रम्पले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौतामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता ‘राम्रो र फलदायी’ भएको दाबी गरेका हुन् ।

पुटिन र अमेरिकी दूत स्टिभ विटकोफबीच मस्कोमा भएको भेटपछि क्रेमलिनले शान्ति प्रक्रियामा अमेरिकाको ‘सावधानीपूर्ण आशावाद’लाई समर्थन गरेको बताएको थियो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा वार्ताले ‘यो डरलाग्दो, रक्तपातपूर्ण युद्ध अन्ततः समाप्त हुने धेरै राम्रो मौका प्रदान गरेको’ बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने पुटिनले युद्ध जारी राख्न वार्तालाई लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

बेलायती प्रधानमन्त्री सर केइर स्टारमरले रुसी राष्ट्रपतिलाई युद्धविराम प्रस्तावहरूसँग ‘खेल खेल्न’ दिन नसकिने बताएका छन्।

यो साताको सुरुमा, युक्रेनले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौता स्वीकार गरेको थियो, तर रूसले अझै यसबारे स्पष्ट पारेको छैन ।

बीबीसीका अनुसार युद्धविरामको प्रस्तावबारे थप प्रष्ट हुनुपर्ने पुटिनको प्रतिक्रियापछि जेलेन्स्कीले यसलाई रूसको नयाँ चालको संज्ञा दिएका थिए ।

जेलेन्स्कीले पुटिनले युद्धबाट बाहिर निस्कन नचाहेको र कूटनीतिलाई तोडमोड गर्न खोजिरहेको आरोप लगाएका छन्।

पुटिनले संवादलाई लम्ब्याउने र वार्तालाई अर्थहीन बनाउनुका साथै आक्रमण जारी राख्ने रूसी रणनीति रहेको आरोप लगाएका छन् ।

बेलायती प्रधानमन्त्री सर केइरले ट्रम्पको युद्धविराम प्रस्तावलाई क्रेमलिनको ‘पूर्ण बेवास्ता’ ले पुटिन ‘शान्तिप्रति गम्भीर नभएको’ देखाएको बताए।

उनले रुस वार्तामा आए युद्धविरामको अनुगमन गर्न तयार हुनुपर्ने र नआए रुसमाथि आर्थिक दबाब बढाउनुपर्ने बताएका छन्।

जी ७ सदस्यहरूले युक्रेनीहरूले समर्थन गरेको युद्धविरामको अमेरिकी प्रस्तावसँग सहमति जनाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताबाट मात्र युद्ध अन्त्य हुने बताएका छन्।

Page Views: 66
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama