Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दू भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको बताएका छन् ।

स्थानीय समय अनुसार दिउँसो १ः३० बजे भूकम्प गएको हो । तत्काल कुनै क्षति वा हताहतको खबर आएको छैन् ।

भूकम्प यति शक्तिशाली थियो कि केही अग्लो उचाइमा भूकम्पले हल्लाउँदा तालबाट पानी बाहिर निस्किएको थियो ।

यस भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दू मध्य म्यानमारको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा थियो ।

गृहयुद्धको बिचमा रहेको म्यानमारमा भूकम्पको प्रभावको तत्काल कुनै रिपोर्ट आएको छैन् ।

यसैगरी, म्यानमारको ‘म्यानमार नाउ’ का अनुसार, मन्डलेको ऐतिहासिक मन्डले दरबारको केही भाग गम्भीररूपमा क्षतिग्रस्त भएको छ।

उही समयमा सागाइङ क्षेत्रको सागाइङ टाउनसिपमा रहेको एउटा पुल भूकम्पमा पूर्णरूपमा ध्वस्त भएको छ।

नजिकैका अन्य शहरहरू, जस्तै क्याउक्से, प्यिन ओओ ल्विन र श्वेबोमा पनि भूकम्पबाट क्षति पुगेको छ ।

साथै थाइल्याण्ड, भारत र चीनलगायत छिमेकी देशहरूमा भूकम्पका झट्का महसुस गरिएको छ ।

रासस/एपी

Page Views: 59
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama