Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाजामा इजरायली हमलामा परेर महिला र बालबालिकासहित १५ जनाको मृत्यु

- shuvadmin / सोमबार, चैत २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा गाजा पट्टीमा आइतबारसम्ममा १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ ।

इजरायलले हमाससँगको युद्धविरामको अन्त्य गरी गत महिना आफ्नो हवाई र भूमि युद्ध फेरि सुरु गरेको थियो ।

उसले लडाकुहरूलाई युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ सम्झौता स्वीकार गर्न दबाब दिनका लागि आक्रमणको लहर र क्षेत्र कब्जा गरेको छ ।

साथै खाद्यान्न, इन्धन र मानवीय सहायताको आयातमा पनि रोक लगाएको छ ।

नासर अस्पतालका अनुसार पछिल्लो आक्रमणले दक्षिणी सहर खान युनिसमा एउटा पाल र एउटा घरमा प्रहार गरेको थियो ।

उक्त हमलामा पाँच पुरुष, पाँच महिला र पाँच बालबालिकाको मृत्यु भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकुहरूले इजरायलमा आक्रमण गर्दा करिब एक हजार दुई सय मानिसका मृत्यु भएको थियो र दुई सय ५१ जना बन्धक बनाइएको थियो ।

त्यसपछि दुवै पक्षबीच युद्ध सुरु भयो । युद्धविराम वा अन्य सम्झौताहरूमा अधिकाङ्श बन्धकहरू रिहा भइसकेपछि अझै पनि ५९ बन्धक गाजामा राखिएका छन् – जसमध्ये २४ जना जीवित रहेको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ५० हजार ६ सय ९५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

मन्त्रालयले मृतकमध्ये कति नागरिक वा लडाकुहरू थिए भनेर बताउँदैन ।

इजरायली आक्रमणमा थप एक लाख १५ हजार तीन सय ३८ जना घाइते भएको मन्त्रालयले बताएको छ ।

इजरायलले कुनै प्रमाण नदिई करिब २० हजार लडाकू मारिएको बताएको छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama