Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायल–इरान पूर्ण युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा, २४ घण्टामा लागू हुने

- shuvadmin / मङ्गलबार, असार १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ऐतिहासिक घोषणा गर्दै इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् ।

युद्धविराम सम्झौता आगामी ६ घण्टा पछिबाट सुरु भएर १२ घण्टाभित्रै चरणबद्ध रूपमा कार्यान्वयनमा आउने ट्रम्पले बताएको सीएनएनले जनाएको छ ।

ट्रम्पले सामाजिक संजालमा लेखेका छन्, “इजरायल र इरानबीच पूर्णरूपमा सहमति भएको छ ।

अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दूमा युद्ध समाप्त भएको मानिनेछ ।”

इरान र इजरायल दुवैले आगामी युद्धविरामबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पको पोस्ट अनुसार, युद्धविराम आगामी २४ घण्टामा चरणबद्धरूपमा लागू हुने बताइएको छ ।

“आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२औँ घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ ।

२४औँ घण्टामा १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ । प्रत्येक युद्धविरामको समयमा, अर्को पक्ष शान्त र सम्मानजनक रहनेछ,” पोष्टमा भनिएको छ ।

ट्रम्पको घोषणापछि उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले सम्झौता अन्तिम विन्दूसम्म पुर्‍याएको फक्स न्यूजको अन्तर्वार्तामा बताएका छन् ।

“हामीले वास्तवमा त्यसमा काम गरिरहेका थियौँ, यो राम्रो समाचार हो । राष्ट्रपतिले त्यसलाई अन्तिम बिन्दूसम्म पुर्‍याउन सफल भए,” भान्सले भने ।

भान्सले ट्रम्पको पोस्टको मस्यौदा प्रसारणमा जानुभन्दा दुई मिनेटअघि पढेको बताउँदै भान्सले भने, “इरानसँग परमाणु हतियार बनाउने क्षमता छैन । हामीले त्यसका उपकरणहरू नष्ट गरिदियौँ ।”

यसैबीच, ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै इजरायल र इरान दुवै पक्षसँग प्रत्यक्ष संवाद गरेको र उनीहरू पूर्ण युद्धविरामका लागि सहमत भएको बताए ।

यो सहमति शान्ति स्थापनातर्फको ठूलो कदम भएको उनको दाबी थियो । ट्रम्प प्रशासनले इरान र इजरायल दुवै देशसँग गोप्य वार्ता गर्दै आएको थियो ।

सीएनएन

Page Views: 19
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama