Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इरान–इजरायल युद्धविराम भएपनि तनाव यथावत्

- shuvadmin / बुधबार, असार ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, झन्डै दुई हप्ता लामो भीषण युद्धपछि इरान र इजरायलबीच अन्ततः युद्धविराम भएको छ ।

युद्धका क्रममा दर्जनौं सैनिक र नागरिकको ज्यान गएको छ भने पूर्वाधारमा व्यापक क्षति पुगेकोे छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चासो र दबाबका बीच अमेरिकी मध्यस्थतामा यो युद्ध रोकिएको हो ।

युद्धको शुरू इजरायलले इरानमाथि अमेरिकाको निर्देशनमा शुरू भएको थियो । इरान इजरायबीच युद्ध भइरहेको बेला अमेरिकाले इरानका तीनवटा आणविक भट्टीहरूमा बम आक्रमण गरेको थियो ।

वासिङ्टनले ती भट्टीहरू परमाणु हतियार निर्माणमा प्रयोग हुने आशंका रहेको बताएको थियो ।

अमेरिकी आक्रमणबाट ती भट्टीहरू पूर्णतः ध्वस्त भएको दाबी गरिएको भए पनि इरानले भने आंशिक क्षतिमात्रै भएको जनाएको छ ।

इरानको प्रतिउत्तर झनै उग्र बनेको थियो । इरानी मिसाइलहरूले कतारस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै आक्रमण गरेपछि तनाव अझ चुलिएको थियो ।

यो आक्रमणलाई अमेरिकाले आफू प्रत्यक्ष युद्धमा तानिएको भन्दै इजरायललाई तत्काल युद्धविराम गर्न निर्देशन दिएको थियो । अमेरिकाको प्रस्तावपछि दुवै देश युद्धविराम गर्न सहमत भएका छन् ।

यो युद्धमा दर्जनौं सैनिक र नागरिकको ज्यान गएको छ । यक्त आक्रमणमा इजरायलमा ७२ जनाको मृत्यु भएको छ, जसमा ४५ जना इजरायली सैनिक, १० जना सर्वसाधारण र बाँकी विदेशी कामदार रहेका छन् ।

यता, इरानले ९८ जनाको मृत्यु भएको दाबी गरेको छ, जसमध्ये ५८ जना सैनिक र ४० जना सर्वसाधारण रहेका छन् ।

पूर्वाधारतर्फ हेर्दा, इरानका दुई आणविक अनुसन्धान केन्द्र आंशिक रूपमा नष्ट भएका छन् भने एक भट्टी पूर्णरूपमा ध्वस्त भएको छ ।

इजरायलका तर्फबाट सैन्य डिपो, मिसाइल प्रतिरोध प्रणालीका केन्द्रीय युनिट र चारवटा विमानस्थलमा आक्रमण गरिएको इरानले जनाएको छ ।

त्यस्तै, इजरायली भूमि पनि इरानी क्षेप्यास्त्रबाट अछुतो रहेन । तेलअभिभ नजिकैको एक सैन्य केन्द्र र हाइफा बन्दरगाह क्षेत्र नजिकको इन्धन भण्डारणस्थलमा क्षति पुगेको छ ।

राजधानी जेरुसेलम पनि केही मिसाइल खसेको पुष्टि गरिएको छ, जसले जनधनको क्षति पुर्‍याएको बताइएको छ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama