Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण, धेरै आक्रमण निस्फल तुल्याएको युक्रेनी दाबी

- shuvadmin / सोमबार, असार १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रूसले आइतबार राति युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ ।

अन्तरर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार रूसले ४७७ ड्रोन र ६० वटा मिसाइल प्रहार गरेको हो ।

यस क्रममा रूसले एमरकेएन-२३ ब्यालिस्टिक मिसाइल र क्रूज मिसाइल प्रयोग गरेको छ।

युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत युक्रेनी वायु सेनाले तीमध्ये ४७५ आक्रमणलाई रोक्न सफल भएको दाबी गरेको छ।

रिपोर्टअनुसार, उक्त आक्रमणको क्रममा एक मिसाइलले युक्रेनको एफ-१६ फाइटर जेट खसालेको छ ।

युक्रेनले उक्त आक्रमणमा फाइटर जेटका पाइलट मक्सिम उस्तीमेन्कोको ज्यान गएको पुष्टि गरेको छ।

रूसी हमलामा युक्रेनका पाइलट मक्सिम उस्तीमेन्को मारिएका हुन् । उनले रूसी आक्रमणको क्रममा ७ वटा मिसाइल खसालेका थिए।

तर, अन्तिम लक्ष्यमा नपुग्दै उनको विमानमा प्राविधिक समस्या देखियो। उनले विमानलाई बस्ती क्षेत्रबाट टाढा लैजान सफल भए, तर समयमै बाहिर निस्कन नसकेका कारण उनको ज्यान गयो।

कति भयो मानवीय र संरचनागत क्षति ?

२९ जुनको आक्रमणका क्रममा आकाशमा विस्फोट देखिएका थिए। बसोवास क्षेत्रका भवनहरू, संरचना र आधारभूत पूर्वाधारमा क्षति पुगेको छ।

कम्तीमा १२ जना घाइते भएका छन्। उद्धारकर्मीहरूले बालबालिकालाई सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्य सञ्चार माध्यमहरूले गरेको रिपोर्टिङमा देखिएको छ।

जेलेन्स्कीले मागे अमेरिकी सहयोग

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमी दाताहरूलाई तत्काल सहयोगको अपिल गरेका छन्।

उनले एक्समा लेखेका छन्, ‘रुसले आवास क्षेत्रलाई निसाना बनाएको छ। स्मिला सहरको एक बसोवास क्षेत्रको भवनमा भएको आक्रमणमा एक बालक घाइते भएको छ।’

जेलेन्स्कीले अमेरिका समक्ष ‘पैट्रियट मिसाइल सिस्टम’ आपूर्ति गर्न माग गरेका छन्। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म नयाँ सैन्य सहायता स्वीकृत गरेका छैनन्।

यद्यपि, हालैको नेटो शिखर सम्मेलनपछि ट्रम्पले यस प्रस्तावमा विचार गरिने बताएका छन्।

युक्रेनद्वारा क्रिमियामा ड्रोन आक्रमण

यसअघि २८ जुनमा युक्रेनले रूसद्वारा कब्जा गरिएको क्रिमियाको किरोव्स्के एयरबेसमा ड्रोन आक्रमण गरेको दाबी गरेको थियो।

किभ इन्डिपेन्डेन्ट अनुसार, उक्त आक्रमणमा रुसका एमआई-८, एमआई-२६ र एमआई-२८ हेलिकप्टर तथा अर्को एउटा एयर डिफेन्स सिस्टम नष्ट भएको थियो।

युक्रेनी सुरक्षा सेवा (एसबीयू) का अनुसार, सो आक्रमणमा रुसी विमान, हतियार भण्डार र एयर डिफेन्स प्रणालीलाई निसाना बनाइएको थियो । यद्यपि, रूसले यसको पुष्टि गरिसकेको छैन।

पुटिनले गरेका थिए वार्ताको संकेत

यी आक्रमणहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २७ जुनमा दिएको अभिव्यक्ति पछि भएका हुन्, जसमा उनले इस्तानबुलमा शान्ति वार्ताको नयाँ चरणका लागि रूस तयार रहेको बताएका थिए।

तर, अहिलेसम्म वार्तामा कुनै ठोस प्रगति नदेखिएकाले युद्ध रोकिने संकेत देखिएको छैन।

इस्तानबुलमा भएको दुई चरणको शान्ति वार्ता असफल भएको थियो।

Page Views: 21
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama