Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन पुनः पक्राउ, आजीवन कारावास वा मृत्युदण्ड हुन सक्ने

- shuvadmin / बिहिबार, असार २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

इजेन्सी, दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल गत वर्षको असफल सैनिक शासन (मार्शल ल) घोषणा प्रयासको आरोपमा पुनः पक्राउ परेका छन् ।

युनलाई गत डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लगाएको आदेशका कारण अप्रिलमा महाअभियोग लगाइएको थियो। सोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार युनविरुद्ध प्रमाण नष्ट गर्न सक्ने डर देखाउँदै पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

बुधबार भएको सात घण्टा लामो सुनुवाइका क्रममा विशेष काउन्सिल टोलीले पाँच प्रमुख आरोपमा पक्राउ पुर्जीको माग गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

ती आरोपहरूमध्ये युनले सैनिक शासन घोषणा गर्नुअघि केही मन्त्रिपरिषद्का सदस्यहरूलाई बैठकमा आमन्त्रित नगरी उनीहरूको अधिकारको हनन गरेको पनि समावेश छ।

युनले सुरुमा आफ्ना वकिलहरूसँगै सुनुवाइमा भाग लिई आरोपहरू अस्वीकार गरेका थिए। त्यसपछि उनलाई पक्राउ पुर्जीको निर्णयको पर्खाइमा सोल हिरासत केन्द्र लगिएको थियो।

उनलाई पहिलो पटक गत जनवरीमा पक्राउ गरिएको थियो। युनलाई दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै रिहा गरेको थियो, तर उनीमाथिको मुद्दा यथावत् थियो।

प्रहरी स्रोतका अनुसार, युनले उत्तर कोरियालाई उत्तेजित पार्न र आफ्नो मार्शल ल घोषणालाई जायज ठहराउन सैन्य ड्रोनहरू उडान गर्न आदेश दिएको प्रमाण भेटिएको बताइएको छ।

अन्य वरिष्ठ अधिकारीहरूमाथि पनि मार्शल ल घोषणाको सम्बन्धमा राजद्रोह र अख्तियार दुरुपयोगको आरोप लागेको छ।

दक्षिण कोरियाली राष्ट्रपतिलाई राजद्रोहजस्ता केही आपराधिक आरोपहरूमा उन्मुक्ति मिल्दैन। अब युन राष्ट्रपति नभएकाले उनी अन्य आपराधिक आरोपहरूको सामना गर्न पनि खुला छन्।

यदि दोषी ठहर भएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्नेछ।

युनको महाअभियोगपछि गत जुनमा भएको विशेष चुनावबाट दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे(म्युङ निर्वाचित भएका थिए।

लीले संकटपछि देशको लोकतन्त्रलाई सुदृढ पार्ने वाचासहित चुनावी अभियान चलाएका थिए र युनमाथि मार्शल(लगायत उनको प्रशासनसँग सम्बन्धित अन्य आपराधिक आरोपहरूको अनुसन्धान गर्न विशेष काउन्सिल टोली नियुक्त गरेका थिए।

युन सुक योल पदमा रहँदा पक्राउ पर्ने दक्षिण कोरियाका पहिलो राष्ट्रपति थिए, जसलाई सैनिक शासन लगाउने प्रयासमा राजद्रोहको आरोपमा मुद्दा चलाइँदैछ। (बीबीसी)

Page Views: 32
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama