Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतको राजस्थानमा विद्यालय भवनको छत खस्दा ७ बालबालिकाको मृत्यु

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतमा राजस्थानको झालावाड जिल्लामा एक सरकारी विद्यालय भवनको छत खस्दा ७ बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

राजस्थानका शिक्षामन्त्री मदन दिलावरले घटनाको पुष्टि गरेका छन्। झालावाड जिल्लाको मनोहरथाना क्षेत्रमा रहेको विद्यालय भवनको छत शुक्रबार बिहान भत्किएको थियो।

दुर्घटना भएपछि स्थानीयले तत्कालत दुर्घटनामा परेका बालबालिकाको उद्धार गरेका थिए। घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि पठाइएको छ, जसमा केही शिक्षक पनि छन्।

शिक्षा विभागले जीर्ण भवनको अवस्थाबारेमा यसअघि नै प्रशासनलाई चेतावनी दिइसकेको थियो, तर प्रशासनले त्यसलाई गम्भीरतासाथ नलिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मानसुनअघि सबै सरकारी विद्यालयमा सुरक्षा उपाय सुनिश्चित गर्न शिक्षा विभागले आदेश जारी गरेको थियो । तर, यो आदेश जिल्लामा प्रभावकारी रूपमा लागू गरिएको थिएन।

Page Views: 57
संबन्धित शिर्षकहरु
बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama