Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नुन र पानी खाएर भोक मेटाउँदै प्यालेस्टिनी

- shuvadmin / आइतबार, साउन १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इजरायल-हमास युद्धका कारण गाजामा भोकमरीबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

अहिलेसम्म १२४ जनाको भोकमरीले मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन् ।

जुलाई महिनामा मात्र ४० जनाको भोकमरीले मृत्यु भएको थियो, जसमध्ये १६ जना बालबालिका थिए ।

गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूकाअनुसार त्यहाँ ५० ग्राम बिस्कुटको प्याकेटको मूल्य नेपाली एक हजार रुपैयाँभन्दा बढी पर्ने बताएका छन् ।

साथै, नगद झिक्न ४५ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ । अवस्था यति खराब छ कि मानिसहरू नुन खाएर र पानी पिएर बाँचिरहेका छन् ।

एक पत्रकारले भने, “२१ महिनामा मेरो तौल ३० किलो घटेको छ । मलाई थकान लाग्छ र चक्कर लाग्छ ।”

कुपोषणबाट मृत्यु हुनेको संख्या बढ्दै

दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पताल, नासिर अस्पतालमा काम गर्ने एक स्वास्थ्य अधिकारीकाअनुसार गाजामा सबैजना भोकमरीको संकटको सामना गरिरहेका छन् ।

कुपोषणबाट मर्ने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ । उनी भन्छन्, “गाजामा युद्ध सुरु हुँदा पहिले अस्पतालमा हवाई आक्रमणमा घाइते भएका सबैभन्दा धेरै मानिसहरूलाई उपचार गरिन्थ्यो, तर अब त्यसको ठाउँ कुपोषणबाट पीडित बालबालिकाले लिएका छन् ।”

साथै, संयुक्त राष्ट्रसंघले गाजाको एक तिहाइ जनसंख्याले केही दिनमा एक पटक खाना पाउँदै आएको बताएको छ ।

हवाई मार्गबाट सहायता

इजरायली सेनाले गाजा पट्टीमा “हालै” मानवीय आपूर्ति हवाई मार्गबाट पुर्‍याएको बताएको छ ।

इजरायली सेनाको यो बयान केही हप्तादेखि जारी अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीपछि आएको हो ।

आइतबार बिहान एक विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले हवाई मार्गबाट पुर्‍याइएको सहायतामा “पीठो, चिनी र डिब्बाबंद खाद्य वस्तुहरू भएका सात प्याकेजहरू” समावेश रहेको बताएको छ ।

तर, सहायता एजेन्सीका नेताहरूले इजरायलले गाजामा हवाई माध्यमबाट राहत सामग्री खसाल्नुलाई “विचलित पार्ने” भनेर वर्णन गरेका छन् ।

यी नेताहरू भन्छन्, “यसले गाजामा बढ्दो भोकमरी संकट समाधान गर्दैन ।”

अन्तर्राष्ट्रिय उद्धार समितिका किरोन डोनेलीले भने, “एयरड्रपिङले कहिल्यै पनि आवश्यक पर्ने मात्रा वा गुणस्तर प्रदान गर्न सक्दैन ।”

यसअघि इजरायलले संयुक्त राष्ट्रसंघ (यूएन) का काफिलाहरूलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो ।

महिनौंदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरूलाई ठूलो भोकमरीको चेतावनी दिइएको छ ।

इजरायलले “जानाजानी भोकमरी”को दाबीलाई अस्वीकार गरेको छ ।

इजरायलमाथि प्यालेस्टिनीलाई लागूपदार्थ दिएको आरोप

गत महिना गाजाको सरकारी मिडिया कार्यालय (जीएमओ) ले इजरायली सेनालाई प्यालेस्टिनीहरूलाई लागूपदार्थ उपलब्ध गराएको आरोप लगाएको थियो ।

जीएमओले गाजा मानवीय फाउन्डेसन (जीएचएफ) द्वारा प्यालेस्टिनीहरूलाई दिइएको पीठोको बोरामा अक्सिकोडोन भनिने लागूपदार्थको चक्की फेला परेको बताएको थियो ।

जीएचएफ इजरायली सेनाद्वारा सञ्चालित छ र यसलाई अमेरिकाको समर्थन प्राप्त छ ।

जीएमओले यो मानिसहरूलाई लागूपदार्थको लत लगाउने षड्यन्त्र भएको बताएको थियो । इजरायलले लागूपदार्थलाई हतियारको रूपमा प्रयोग गरिरहेको छ ।

जीएमओले इजरायलमाथि गाजा पट्टीबाट प्यालेस्टिनी जनसंख्यालाई बाहिर निकाल्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएको छ ।

कार्यालयले इजरायली सेनाले जबरजस्ती निष्कासन, बमबारी र सहायता रोकेर गाजालाई नष्ट गरिरहेको बताएको छ ।

जीएमओले गाजाको ७० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त भएको र १९ लाख मानिसहरू (जनसंख्याको ८५ प्रतिशत) आफ्नो घरबाट विस्थापित भएको दाबी गरेको छ ।

Page Views: 26
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama