Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बेइजिङमा भारी वर्षा : ३० जनाको मृत्यु, ८० हजार विस्थापित

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उत्तर चीनमा लगातारको भारी वर्षा र बाढीका कारण राजधानी बेइजिङमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

अत्यधिक वर्षा पछि उद्धार र राहत कार्य तीव्र पारिएको बीबीसीले‍ जनाएको छ।

बेइजिङ प्रशासनले ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ, किनभने मौसम पूर्वानुमानअनुसार वर्षा अझै आजसम्म जारी रहने सम्भावना छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले पूर्ण क्षमतासहित खोज तथा उद्धार कार्य संचालन गर्न निर्देशन दिएका छन् । थप क्षति रोक्न पनि सबै उपाय अपनाउन उनले आह्वान गरेका छन्।

बेइजिङमा वर्षा याममा यस्ता चरम मौसम घटना असामान्य भने होइनन्। यसअघि जुलाई २०१२ मा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा विनाशकारी घटना मानिन्छ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी र आपतकालीन सेवा कर्मचारीहरू परिचालन गरेको बीबीसीले जनाएको छ बाढीबाट सडकहरू, घरहरू र पूर्वाधारहरूमा ठूलो क्षति पुगेको बताइएको छ ।

स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा जान सुझाव दिइएको छ।

Page Views: 56
संबन्धित शिर्षकहरु
बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama