Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, अमेरिका र जापानमा सुनामीको चेतावनी

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रुसको सुदूर पूर्वी तट नजिक समुद्रमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पपछि अमेरिका, जापानलगायत धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार यो भूकम्प रुसको Petropavlovsk-Kamchatsky शहरबाट १३६ किलोमिटर पूर्वमा बुधबार बिहान आएको हो।

त्यसपछिका परकम्पहरू पनि ६.९ र ६.३ म्याग्निच्युडका रहेका छन् । रुसको काम्चात्का क्षेत्रमा समुद्रले चार मिटरसम्मका छाल ल्याएको बताइएको छ।

काम्चात्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममार्फत जारी भिडियो सन्देशमा यो भूकम्प “दशकौँयताकै सबैभन्दा शक्तिशाली” रहेको बताएका छन्।

जापानले तीन मिटर उचाइसम्मका छाल आउनसक्ने चेतावनी दिएको छ।

यो सन्देशपछि टोकियो नजिकैको योकोहामा लगायतका स्थानमा टेलिभिजनमार्फत आपतकालीन सन्देश प्रसारण गरिएको अलजजिराले जनाएको छ ।

अमेरिकाको होनोलुलुस्थित आपतकालीन व्यवस्थापन विभागले “ध्वंसात्मक सुनामी छालहरू” आउने प्रक्षेपण गर्दै केही तटीय क्षेत्र खाली गर्न आह्वान गरेको छ।

भर्जिनिया टेक विश्वविद्यालयका सुनामी विज्ञ रोबर्ट वीसका अनुसार यो घटनालाई गम्भीर रूपमा लिन जरुरी छ।

अल जजीरालाई दिएको अन्तर्वार्तामा उनले भने, “यसपटकको घटनाबारे चिन्तित हुनु उचित नै हो।”

रुस, जापान र अमेरिकी पश्चिमी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, उच्च स्थानमा जान र आधिकारिक सूचनाको पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

Page Views: 31
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama