Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युक्रेन युद्धबारे छलफल गर्न ट्रम्प र पुटिनबीच अगस्ट १५ मा अलास्कामा भेटवार्ता हुने

- shuvadmin / शनिबार, साउन २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अगस्ट १५ मा अलास्कामा भेटवार्ता गर्ने भएका छन् ।

दुवै नेताहरू युक्रेन युद्धको भविष्यबारे छलफल गर्ने उद्देश्यले भेटघाट गर्न लागेको ह्वाइट हाउस र क्रेमलिनले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

क्रेमलिनका प्रवक्ताले अलास्कालाई बैठक स्थलको रूपमा छनोट गर्नु ‘तार्किक’ भएको बताएका छन्, किनकि यो रूससँग भौगोलिक रूपमा नजिक छ।

उनले ट्रम्पलाई दोस्रो शिखर बैठकका लागि रूस भ्रमणको निम्तो समेत दिएको जानकारी गराए।

बैठकको घोषणा हुने केही घण्टा अघि मात्रै ट्रम्पले युद्ध अन्त्यका लागि युक्रेनले केही भूभाग त्याग्नुपर्ने संकेत गरेका छन् ।

उनले भने, ‘तीन वर्षभन्दा बढी समयदेखि लडाइँ भइरहेको भूभाग हो, धेरै रुसी र युक्रेनीहरू मारिएका छन्।

केही भूभाग फर्काइनेछ, केही साटासाट हुनेछ, जसले दुबै पक्षलाई लाभ पुग्नेछ ।’

सीबीएस न्यूजका अनुसार ह्वाइट हाउस युरोपेली नेताहरूलाई यस्तो प्रस्ताव स्वीकार गर्न मनाउने प्रयासमा छ, जसअन्तर्गत रूसले पूर्वी युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र र क्राइमियामा अधिकार कायम राख्नेछ।

बदलामा रूसले आंशिक कब्जामा रहेका खेरसोन र जापोरजिया क्षेत्र छाड्ने प्रस्ताव गरिएको छ।

वाल स्ट्रीट जर्नलका अनुसार पुटिनले हालै मस्कोमा ट्रम्पका दूत स्टीभ विटकोफसँग भेट्दा यस्तै प्रस्ताव अघि सारेका थिए।

तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै पनि भूभाग त्याग्ने शर्तलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।

युक्रेन र रूसबीच यसअघि इस्तानबुलमा भएको तीन चरणको प्रत्यक्ष वार्ता विफल भइसकेको छ।

रूसले युक्रेनलाई तटस्थ राष्ट्र बन्न, सैन्य शक्ति घटाउन, नाटो सदस्यता आकांक्षा त्याग्न र पश्चिमी प्रतिबन्ध हटाउन माग गरेको छ।

साथै, दक्षिण–पूर्वी युक्रेनका आंशिक कब्जामा रहेका चार क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्न पनि अडान लिएको छ।

ट्रम्पले शुक्रबार पत्रकारहरूसँग भने, ‘हामीसँग त्रिपक्षीय शान्ति सम्झौताको मौका छ। युरोपेली नेताहरू शान्ति चाहन्छन्, पुटिनपनि शान्ति चाहन्छन्, र जेलेन्स्की पनि शान्ति चाहन्छन्।’

उनले जेलेन्स्कीलाई सम्झौताका लागि आवश्यक तयारी गर्नुपर्ने बताएका छन्। गत फेब्रुअरीमा ट्रम्प र पुटिनबीच टेलिफोनमा पहिलो पटक प्रत्यक्ष वार्ता भएको थियो।

Page Views: 16
संबन्धित शिर्षकहरु
राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्याे
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama