Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्वतारोहण संघको महासचिवमा लामाको उम्मेदवारी

- shuvadmin / मङ्गलबार, साउन २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पर्वतारेहण संघको आसन्न निर्वाचनका लागि फुरगेल्जे शेर्पा समूहबाट महासचिवमा राजेन्द्रबहादुर लामाले उम्मेदवारी दिएका छन् ।

बिगत तीन बर्ष संघको सदस्यको रुपमा काम गर्दै आएका लामा पर्वतीय पर्यटनमा चिनिएका ब्यावासायी हुन् ।

हिमाली भेगमा जीबनयापन गरिरहेका समुदायहरुको संस्कृति भावना र सघर्षलाई नजिकबाट बुझेका लामाकै संयोजकत्वमा पर्बतारोहण पाठयक्रम निर्माण गरिएको थियो ।

अन्तिम चरणमा पुगेको पाठयक्रम निर्माणका लागि यस पटक पनि पर्यटन बोर्डबाट बजेट विनियोजन गराउन सफल ब्यावसायी लामाले आफूले थालेको काम सम्पन्न गर्न पनि उम्मेदवारी दिएको बताएका छन् ।

पर्यटनसित सरोकार राख्ने सबै निकायसित समन्वय गरेर पोखराको माउन्टेन म्युजियमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विभिन्न योजनाहरु लामाले अघि सारेका छन् ।

बढ्दो जलबायु परिबर्तनले हिमाल र हिमाली भेगमा बसोबास गर्ने समुदायलाइ परेको असरबारे नजिकबाट अनुभूति गरेका लामाले पर्वतीय पर्यटनभित्रका भोगाइ र पीडाहरुलाई शिक्षाका रुपमा लिएर अघि बढेका ब्यावसायी हुन् ।

जवाफदेहिता र असल कर्मप्रतिको विश्वासले मात्र दिगो पर्यटकीय प्रबर्धन,बाताबरणीय संरक्षण तथा हिमालको संरक्षण र आरोहीहरुको बर्तमान अवस्थालाई अझै ब्यबस्थित बनाउन सकिने लामाको बुझाइ छ ।

पर्वतीय पर्यटनमा देखापरेको जटिलता र चुनौतीलाई सम्बोधन गर्न संघका तर्फबाट चाल्नुपर्ने रणनीतिक भूमिका बारे व्यक्तिगत र संंस्थागत रुपमा लामाले योजना तयार पारेर अघि बढेका छन् ।

संघमार्फत अन्तराष्ट्रिय अल्पाइन क्लबहरुसंग साझेदारी गर्दै अन्तराष्ट्रिय समुदायको बिचमा नेपालको पर्वतीय पर्यटनको बिकास र सहकार्यको अभ्यास बढाउन लागि पर्ने उनको भनाइ छ ।

संघलाई समाबेशी गतिशील र सस्थाको सदस्यहरुको हितमा काम गर्ने संस्थाको रुपमा उभ्याउने अठोट लामाको छ ।

पर्वतीय पर्यटनको आधार स्तम्भ आरोहीहरुको अदम्य साहस समर्पणलाई सम्मान गर्ने बाताबरण निर्माण गर्न नीतिगत तहमा साझा छलफल बहस साथै पहल गर्न पनि आफ्नु उम्मेदवारी भएको लामाको तर्क छ ।

ब्यबसायिक आरोहीहरुको आर्थिक सामाजिक जिबनलाइ उन्नत बनाउदै सुरक्षित आरोहणको लागि काम गर्ने प्रतिबद्दता शेर्पा समूहको छ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
पोखराबाट सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान गर्ने
पर्यटन बोर्डद्वारा सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama