Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्वतारेहण संघको महासचिवमा नहर्कीको उम्मेदवारी

- shuvadmin / बिहिबार, साउन ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पर्वतारेहण संघको आसन्न निर्वाचनका लागि कुल गुरुङसमूहबाट महासचिवमा विमल नहर्कीले उम्मेदवारी दिएका छन् ।

एक कार्यकाल संघको कार्यसमितिमा रहेर काम गरिसकेका नहर्की तीन दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशील रहँदै आएका छन् ।

पर्वतीय पर्यटनमा लामो अनुभव संघालेका नहर्की इको ट्रेक नेपाल प्रालिका व्यवस्थापन निर्देशक, टेम्पल ट्री रिसोर्ट एण्ड स्पा (पोखरा), होटल पोखरा बाटिका (पोखरा), होटल हिमालयन हेरीटेज एण्ड स्पा र श्री बन नेचर क्याम्प (नलगं, धादिङ) जस्ता प्रतिष्ठित पर्यटन आयोजनासँग आबद्ध छन् ।

हालै सम्पन्न एसोसिएसन अफ कैलाश टूर्स अपरेटर्स नेपालको साधारणसभाबाट नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

महासचिवका उम्मेदवार नहर्कीले पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि बिभिन्न योजना सहित चुनावी मैदानमा उत्रिएका छन् ।

नहर्कीले हिमाल आरोहणका क्रममा मृत्यु र दुर्घटनाको दर घटाउन सुरक्षित मार्गदर्शन प्रणाली विकास गर्ने र मौसमको पूर्वसूचना प्रणाली सुधार गर्दै उद्धार संयन्त्रलाई थप छिटो र छरितो बनाउने योजना अघि सारेका छन् ।


यसका अलावा नहर्कीले वीमा, आकस्मिक उद्धार, हेलिकप्टर रेस्क्यु प्रक्रियामा पारदर्शिता र सहजता ल्याउन सबै निकार्यसंँग सहकार्य गर्ने अठोट लिएका छन् ।

आरोहण अनुमति प्रक्रिया डिजिटलाइज गर्दै अनावश्यक ढिलासुस्ती हटाउने र सिजनल कामदारहरूकोे न्यूनतम तलब, सुरक्षा सुविधा र बीमा अनिवार्य गरेर अनुभवी पर्वतारोहीहरूको लागि प्रोत्साहन योजना महासचिवका उम्मेदवार नहर्कीले अघि सारेका छन् ।

युवा पर्वतारोहीहरूलाई प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगिता, तथा प्रोसाहान कार्यक्रम संचालमा ल्याउँदै आरोहण क्षेत्रबाट फोहोर हटाउने अभियानलाई संस्थागत बनाउने र हिमाली पर्यावरण संरक्षणमा संघको स्पष्ट नीति र कडाइ साथ कार्यान्वयन नहर्कीले प्रतिबद्दता ब्यक्त गरेका छन् ।

बढ्दो जलबायु परिबर्तनले हिमाल र हिमाली भेगमा बसोबास गर्ने समुदायलाइ परेको असरबारे नजिकबाट अनुभूति गरेका नहर्की पर्वतीय पर्यटनभित्रका भोगाइ र पीडाहरुलाई शिक्षाका रुपमा लिएर अघि बढेका ब्यावसायी हुन् ।

जवाफदेहिता र असल कर्मप्रतिको विश्वासले मात्र दिगो पर्यटकीय प्रबर्धन,बाताबरणीय संरक्षण तथा हिमालको संरक्षण र आरोहीहरुको बर्तमान अवस्थालाई अझै ब्यबस्थित बनाउन सकिने नहर्कीको बुझाइ छ ।

Page Views: 86
संबन्धित शिर्षकहरु
नेपाल–थाइल्याण्ड मैत्रीको नयाँ सेतु : थाइल्याण्डमा चम्किए नेपाली प्रतीभा, दर्जनौँ व्यक्तित्व सम्मानित
थाइल्याण्डमा भव्य रूपमा सम्पन्न भयो Asia Global Excellence Awards 2026, नेपाली प्रतीभा, पाककला र पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास
परिवर्तन, पारदर्शिता र पर्यटनको भविष्य एजेन्डासहित नाट्टा अध्यक्षमा प्रदीप आचार्यको उम्मेदवारी घोषणा
ताजा अपडेट
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • आजकाे पञ्चाङ्ग तथा राशिफल कस्ताे छ हेर्नुहाेस
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama