Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टानको ४७औं वार्षिक साधारणसभा भदौ १५ गते काठमाण्डूमा हुने

- shuvadmin / आइतबार, भदौ ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभा आगामी भदौ १५ गते आइतबार काठमाडौंमा हुने भएको छ ।

साधारणसभा गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान ९ बजेबाट शुरु हुने टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

महासचिव शेर्पाका अनुसार सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा योजना, आर्थिक प्रतिवेदन र अनुमानित बजेट प्रस्तुत गरिनेछ ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने विषयमा पनि छलफल हुने छ ।

साधारणसभाबाट माइन्युटमा हस्ताक्षर गर्न दुई जना प्रतिनिधि चयन गर्ने, विधान तथा विनियमावली संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषयमा पनि निर्णय हुने टानले जनाएको छ ।

महासचिव शेर्पाले सबै सदस्यलाई तोकिएको मिति, स्थान र समयमा उपस्थित भई संघका नीतिगत तथा कार्यक्रमगत निर्णयमा सहभागी हुन आह्वान गरेका छन् ।

संघको २०८२ साउन ३० गते बसेको कार्यसमितिको १२औं पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
दक्षिणकालीको पर्यटनमा नयाँ अध्याय: धार्मिक गन्तव्यबाट बहुआयामिक पर्यटन केन्द्रतर्फ
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama