Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाजामा लाखौँ महिला र किशोरी भोक, हिंसा र उत्पीडनको चपेटामा

- shuvadmin / आइतबार, भदौ ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, गाजामा करिब १० लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुर्व्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले शनिबार चेतावनी दिएको छ ।

एजेन्सीले सामाजिक सञ्जालमा लेख्दै भनेको छ, ‘गाजामा भोक तीव्ररूपमा फैलिरहेको छ ।

महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यानको समेत खतरा रहेको छ ।’

एजेन्सीले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन आग्रह गरेको छ ।

गाजामा हाल २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको छ ।

योसँगै भोकमरीका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन् ।

गत वर्षको मार्च महिनादेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन् ।

गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एक गाडी पनि जीवनरक्षक सामग्री पुर्याउन नसकेको जनाएका छन् ।

इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको जनाएको छ । जुलाई महिनामा मात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा एक हजार ७६० जना गाजावासीको ज्यान गएको छ ।

तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका हुन् ।

Page Views: 31
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama