Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अफगानिस्तानमा मध्यराति भूकम्प, २० भन्दा बढीको मृत्यु, सिंगो गाउँ नै भग्नावशेषमा

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अफगानिस्तानमा आइतबार राति गएको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ ।

८ किमि (५ माइल) गहिराइको भूकम्पपछि कम्तिमा तीनवटा पराकम्पन आएका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ।

एएफपीका अनुसार, केही सेकेन्डसम्म भूकम्पले अफगानिस्तानको राजधानी काबुल (करिब २०० किमि टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद ९करिब ४०० किमि टाढा० समेत हल्लाएको थियो ।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भू-भाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयाः भूकम्प प्रतिरोधी छैनन्।

तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द रहेका कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन् ।

उनका अनुसार, उद्धार कार्य हवाई मार्गमार्फत मात्र गर्न सकिने अवस्था छ । तालिबान अधिकारीहरूले आफ्ना स्रोत सीमित भएको भन्दै प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन्।

भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीसी) ले यो भूकम्पमा सयौँ मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।

तालिबान सरकारका धेरै स्रोतहरूका अनुसार दर्जनौँ घर भग्नावशेषमुनि पुरिएका छन् र अहिले सयौँ मानिस मारिन सक्ने वा घाइते हुन सक्ने डर छ।

Page Views: 127
संबन्धित शिर्षकहरु
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama