Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तमिलनाडुमा अभिनेता विजय थलपतिको र्यालीमा भागदौड मच्चिदा ३८ को मृत्यु

- shuvadmin / आइतबार, असोज १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, दक्षिण भारतीय राज्य तमिलनाडुको करुरमा शनिबार अभिनेता विजय थलपतिको सभामा भागदौड मच्चिदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ।

राजधानी चेन्नईबाट लगभग ४०० किलोमिटर दक्षिणपश्चिममा रहेको करुरमा विजयको चुनावी र्‍यालीमा भएको भागदौडमा मृत्यु हुनेमा १६ महिला तथा ८ बालबालिका समेत रहेका छन्।

तमिलनाडुका स्वास्थ्य मन्त्री एम ए सुब्रमणियनले घटनामा ५८ भन्दा बढी घाइते भएको जानकारी दिए। थलपति तमिलगा वेट्रि कजगम (टिभिके) का अध्यक्ष समेत हुन्।

उनको र्यालीमा ठुलो मात्रामा मानिसहरु पुगेका थिए। कार्यक्रम अघि बढ्दै जाँदा एक ९ वर्षीय बच्ची हराएको जानकारी थलपतिले पाएका थिए।

लगतै उनले मञ्चबाट उनको खोजी गर्नका लागि अपिल गरेका थिए। लगतै भागदौड मच्चिएको जनाइएको छ।

भीडमा फस्दा निस्सासिएर धेरैको मृत्यु भएको जनाइएको छ।

धेरै जना बेहोस भएकाहरुलाई करुर मेडिकल कलेज तथा वरिपरिका निजी अस्पतालहरूमा पुर्याइएको थियो।

तमिलनाडू मुख्यमन्त्री एम के स्टालिनले करुरमा भएको घटना गम्भीर भएको बताए। मुख्यमन्त्री एम।के। स्टालिनले घाइतेको उपचारमा कुनै कमि नगर्न निर्देशन दिएका छन्।

शनिबार राति करुरमा राहत तथा उद्धार कार्यका लागि विशेष प्रहरी बलको थप टोली पठाइएको भारतिय पत्रिका द हिन्दूले उल्लेख गरेको छ।

टिभिकेले आफ्ना नेता विजयको रोड शोका लागि प्रहरीसँग अनुमति माग्दा जम्मा १० हजार मानिस मात्र आउने अपेक्षा गरेको थियो।

टिभिकेले लेखेको पत्रमा भनिएको छ, ‘हामीले इन्जिनियरको सहयोगमा लाइट हाउस राउन्डटाना नजिकको क्षेत्र अध्ययन गरेका छौं।

यो क्षेत्र १ लाख २० हजार वर्गफुट छ र ६०,हजार मानिस अटाउन सक्छ। तर हामीलाई जम्मा १० हजार मानिस मात्र आउने अपेक्षा छ।’

पत्रमा भनिएको थियो। तर प्रहरीले ५० हजार मानिस आउने अनुमान गरेको थियो। तर, र्यालीमा १ लाख २० हजार भन्दा बढी मानिस सहभागि भएका थिए।

विभिन्न दलका नेताहरुले मृतक प्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

Page Views: 95
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama