एजेन्सी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार घटनामा १४७ जना घाइते भएका छन् ।
भूकम्पपछि निरन्तर परकम्प भइरहेकाले सेबु प्रान्तको बोगो शहरस्थित अस्पतालका बिरामीलाई भवनभित्र राख्न नसकी बाहिरै उपचार गरिएको छ ।
उद्धारकर्मीहरूले जनाएअनुसार, मंगलबार राति आएको भूकम्पमा मात्रै बोगो शहरमा १३ जनाको ज्यान गएको छ । उक्त शहर भूकम्पको केन्द्रविन्दू नजिकै, सेबु टापुको उत्तरी भागमा पर्दछ ।
त्यसैगरी, टाबुलेन नगरपालिकामा १ जनाको मृत्यु भएको त्यहाँका मेयरले बताएका छन् । यसअघि उद्धार टोलीले सान रेमिजियो क्षेत्रमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
भूकम्पको केन्द्रविन्दू बोगो शहरदेखि करिब १७ किलोमिटर (१०.६ माइल) उत्तरपूर्वमा रहेको जनाइएको छ ।