Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाजा युद्ध अन्त्य भएको घोषणा गर्दै इजरायल प्रस्थान गरे ट्रम्प, बन्धक आज रिहाइ हुँदै

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा युद्ध’ अन्त्य भएको घोषणा गरेका छन्।

उनले युद्ध अन्त भएको घोषणा गर्दै बन्धकहरु रिहाइ हुन लाग्दा उनी इजरायल तर्फ प्रस्थान गरेका छन्।

उनले ‘एयरफोर्स वान’ मा प्रवेश गर्नु अघि भने ‘अब युद्धविराम निरन्तर हुने छ। गाजामा चाँडै ‘शान्ति बोर्ड’ स्थापना गरिने छ।’

एयरफोर्स वान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो। यसै विमानमार्फत उनी यात्रा गर्ने गर्छन्।

हमाससँग इजरायली बन्धक मुक्त गर्नका लागि आज स्थानीय समय अनुसार दिउँसो १२ बजे सम्मको समय सिमा दिएको छ।

ट्रम्प इजरायल बाट इजिप्ट जाने छन्। त्यहाँ उनले गाजाका विषयमा विभिन्न देशका प्रतिनिधिहरुसँग वार्ता गर्ने कार्यतालिका रहेको छ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत, इजरायलमा रहेका झण्डै २,००० जना प्यालेस्टिनी कैदी र बन्दीहरूलाई पनि मुक्त गरिने छ।

ट्रम्पले इजरायलको संसदमा सम्बोधन गर्ने र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा बन्धकका परिवारहरूसँग भेट्ने योजना बनाएका छन्।

त्यसपछि उनी गाजाको भविष्यबारे हुने सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सँगै उनीपनि इजिप्ट पुग्ने छन्।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायलले थप सहायता सामग्री पठाउने अनुमति दिएको छ, जसको मात्रा हालसम्म १,९०,००० मेट्रिक टन पुगेको छ।

संयुक्त राष्ट्रसंघले यसलाई ‘महत्त्वपूर्ण आपूर्तिको सुरुवात’ मानेको छ।

Page Views: 33
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama