Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुस-युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

- shuvadmin / शनिबार, कार्तिक ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। बैठकको विषय रुस-युक्रेन युद्ध थियो।

बीबीसीका अनुसार बैठकका क्रममा जेलेन्स्कीले अमेरिकाबाट टोमाहक क्रुज मिसाइलको माग गर्ने अपेक्षा गरिएको थियो ।

तर उनी खाली हात फर्किए। जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन जोड दिइरहेका छन्।

ट्रम्पले युक्रेनलाई टोमाहक मिसाइल प्रदान नगर्ने संकेत गरे। यद्यपि उनले भविष्यमा उक्त मिसाइल प्रदान गर्ने सम्भावनालाई अस्वीकार गरेनन्।

ट्रम्पले भने, ‘आशा छ, उनीहरूलाई त्यसको आवश्यकता पर्दैन। हामी टोमाहकबारे नसोचीकन पनि युद्ध अन्त्य गर्नेछौँ।’

उनले थपे, ‘मिसाइल पठाउँदा तनाव बढ्ने छ, तर हामी यस विषयमा कुरा गर्नेछौँ।’ जेलेन्स्कीका अनुसार ट्रम्पसँग लामो दूरीका मिसाइलबारे छलफल भयो।

तर, यस विषयमा टिप्पणी नगर्ने निर्णय भएको सुनाउँदै उनले भने, ‘किनभने अमेरिका तनाव बढाउन चाहँदैन।’

बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत रुस र युक्रेनलाई ‘जहाँ छौ, त्यहीँ रोकिन’ र युद्ध अन्त्य गर्न अपिल गरेका छन्।

एक दिनअघि मात्र ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनमा कुरा भएको थियो। त्यस क्रममा दुई नेता हंगेरीमा भेट्न सहमत भएका छन्।

Page Views: 23
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama