Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम लागु गर्न सहमत

- shuvadmin / आइतबार, कार्तिक ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, कतारले दोहामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबीच भएको उच्चस्तरीय वार्ताले तत्काल युद्धविराम लागु गर्ने सहमति जुटाएको बताएको छ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुई देशले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्न पनि सहमति जनाएका छन्।

अर्को चरणमा, युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न दुवै पक्षका समिति दोहा र इस्लामाबादमा भेट्ने कतारले जनाएको छ।

कतारको विदेश मन्त्रालयले आशा व्यक्त गर्दै अगाडि भनेको छ, यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्नेछ र क्षेत्रीय स्थिरतातर्फ निर्णायक पहिलो कदम साबित हुनेछ।

जियो टीभीका अनुसार, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गरे र युद्धविरामले दुई देशबीच जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरे।

ख्वाजा आसिफले थप वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डल अक्टोबर २५ मा इस्तानबुलमा फेरि भेट्ने बताएका छन्।

Page Views: 44
संबन्धित शिर्षकहरु
भारतमा भीषण आँधी झण्डै पाँच दर्जनकाे मृत्यु
डोनल्ड ट्रम्प र सी चीन फिङबीच आज भेटवार्ता
पाटा नेपाल च्याप्टरको सुरेश विङ्स अण्डर फोर्टीमा वेष्ट ईन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड जित्न सफल
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama