Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९

- shuvadmin / आइतबार, मङि्सर ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, विश्वका धनी देशहरूले गरिब देशहरूलाई ३ खर्ब डलर दिने वाचा गरेका छन् ।

जलवायु परिवर्तनको तयारी र यसको असरबाट बच्नका लागि सो रकम उपलब्ध गराइने सहमतिसहिते कोप-२९ समाप्त भएको छ ।

अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप-२९ मा ३३ घण्टा ढिलो वार्ता सुरु भएको थियो ।

वार्ता लगभग निष्फल भइसकेको थियो । तर, अन्त्यमा केही सहमति जुट्यो । यात्रा निकै कठिन रहेपनि आफूहरू सम्झौतामा पुग्न सकेको जलवायु परिवर्तन हेर्ने यूएनको निकायका प्रमुख सिमन स्टेइलले भनेका छन् ।

तर, जैविक इन्धनको प्रयोग कम गर्दै जाने भनेर गएको वर्षको मागमा सबै सदस्य देशहरूलाई एकजुट गराउन भने वार्ता असफल भयो ।

शनिबार मध्याहन्न भएको वार्ताबाट विकासशिल देशका साथसाथै जलवायु परिवर्तनको सबैभन्दा धेरै मारमा पर्ने देशहरू पनि बाहिरिए ।

विश्वभर खनिज इन्धनको प्रयोग कम गर्दै लैजाने भन्ने भाषा अति नै कमजोर भएको भन्दै स्वीट्जरल्यान्ड, मालदिभ्स, क्यानडा र अस्ट्रेलियाले विरोध गरेका थिए ।

यसबारे निर्णय सन् २०२५ को जलवायु वार्तासम्म स्थगित भएको छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama