Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

खरिद गर्न नपाएपछि अमेरिकामा टिकटक प्रतिवन्ध

- shuvadmin / आइतबार, माघ ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरुको डिभाइसमा टिकटक खुल्न छोडेको हो ।

अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन् ।

अमेरिकी कंग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिवन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।

टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो ।

गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो– व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो ।

अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तात्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक कार्यकारी आदेशमार्फत प्रतिवन्धको प्रस्ताव गरेका थिए ।

तर, उनी त्यसमा सफल भएनन् । त्यसपछि कंग्रेसका धेरै सदस्यहरुले टिकटक प्रतिवन्धबारे विभिन्न उपायहरु अघि सारे ।

त्यसपछि एउटा कानून पारित भएर टिकटकलाई विक्री गर्न वा प्रतिबन्ध खेप्न वाध्य हुने अवस्थामा पुर्याएको हो ।

तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धलाई केही समय धकेल्ने संकेत गरेका छन् ।

हिजो एक अन्तरवार्तामा उनले आफू पदासिन भएपछि टिकटकलाई तीन महिना समय दिनसक्ने बताए ।

ट्रम्पले सोमबार राष्ट्रपतिको दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दै छन् । त्यसलगत्तै उनले टिकटकबारे नयाँ घोषणा गर्ने दावी गरिएको छ ।

कानूनतः उनीसँग विक्रीका लागि तीन महिना थप समय दिने अधिकार छ ।

ट्रम्पको अभिव्यक्तिले टिकटक आशावादी बनेको छ । उसले एउटा वक्तत्वमार्फत ट्रम्पलाई धन्यवाद दिएको छ ।

‘अमेरिकामा टिकटक प्रतिवन्ध गर्ने कानून कार्यान्वयनमा आएको छ । दुर्भाग्यवस, तपाईंले अब टिकटक प्रयोग गर्न पाउनुहुन्न ।

तर, हामी भाग्यमानी यस अर्थमा छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि यसको निकास खोज्नका लागि हामीसँग काम गर्ने बताएका छन्,’ बाइट डान्सले भनेको छ ।

टिकटक एटर्नीले अमेरिकी सुप्रिम कोर्टलाई १९ जनवरीदेखि टिकटक ‘अँध्यारो हुने’ बताएका छन् ।

टिकटक एप स्टोरहरुबाट गायब भएसँगै यो डाउनलोड र अपडेटका लागि उपलब्ध छैन । अब यो विस्तारै खुल्न छोड्ने छ ।

टिकटकले प्रतिवन्धको कानूनलाई अमेरिकी अदालतमा चुनौति दिएको थियो ।

प्रतिवन्धको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको भन्दै दायर गरेको रिट अदालतले खारेज गरिदिएपछि सरकारलाई बाटो खुलेको हो ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।

Page Views: 53
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama